पार्कको दृश्य

 कुनै सुरिलो रूख-बिरूवाहरू
अनि कुनै
फाटिला हाँगा लच्काएर वैशमा
ढल्किरहेको बोटहरू
ऋतुसँगै रङ्ग फेर्दै
गाँढा हरियाली हुदै
मौलाईरहेछ
सन्ध्याको गोधुलीमा ति नै दृश्य
नियाल्दै थकान मेटाउन
निस्किएको एक थकित
मुग्लाने ज्यान
छहारी मुनिको एउटा
अपरिचित निर्दोष फलैचामा
बसेर नजर चारैतिर बिछ्याउनु
भ्यायो
त्यो शितल हावा
अनि छेवैको तालमा जवान
फक्राउदै फुलिरहेको कमलको फूल,
कलकलाउदा उसै हल्लिरहेको
फरक-फरकको बाकी रूखहरू
हेरिरहु जस्तै
निश्चल थियो,
निर्दोष थियो
यो सब दृश्य हरू देखेर
थकित मुग्लानेको मस्तिष्कमा
ताजा स्फूर्ति दिलायो
अनेकौ तरङ्गहरू अनायासै
पलायो
बस्दा-बस्दै अनगिन्ति सपना
फलायो
अर्को कुनातिर
शारीरिक व्यायाम गरिरहेको
हुलको
प्रकार हेर्दा लाग्थ्यो
आफुलाई स्वास्थ्य राख्न
दौडिरहेका छन्
अस्ताउनलाई बाकी घामको थोरै
हिस्साहरू ओठमा थोरै मुस्कान
बचाई हिडिरहेका छन्
कसै
प्रहारिलो चम्किलो प्रकाश
जस्ताहरू
छिनेको कम्मरलाई मर्काउदै
दौडिरहेछन्,
त कसै कलिला मुनाहरूलाई
ताते गराउदै
रमाईरहेका छन्
डोराईरहेका छन्।
       सुस्मा राई खोटाङ्

यी समाचार पनि पढ्नुहोस्