पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा चिसाे बढ्यो

अछाम : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि कर्मचारी मतदान स्थलमा खटिएकै दिनबाट मौसममा परिवर्तन आएको छ। मंगलबारदेखि एक्कासी चिसो बढेपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई बसोबासमा समस्या भएको छ।
जिल्लाको रामारोशन खप्तड ऋषिदह भटाकाटियालगायत उच्च लेकाली भागमा हिउँपर्न सुरु भएको छ भने जिल्लाको प्रायः सबै ठाउमा सिमसिम पानी पर्न थालेको छ।
मौसमको अवस्था हेर्दा रातिसम्म थप अन्य ठाउँमा पनि हिउँपर्न सक्ने देखिएको छ। निर्वाचनका लागि बुथमा खटिएको २०–२२ जनाको टोलीलाई चिसोका कारणले बस्न समस्या भएको निलकण्ठ निमावि रामारोशन केन्द्रका मतदान अधिकृत भीम चलाउनेले जानकारी दिए।
लेकतिर बिहानैबाट हिउँपर्न सुरु हुँदा सारै चिसो बढेको र रातिसम्म गाउँसम्म हिउँ पर्न सक्ने उनले बताए। यस्तै चिसो बढेमा निर्वाचन व्यवस्थापन गर्न थप समस्या हुने उनले जानकारी दिए। साभार: अन्नपूर्ण पोस्ट बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter