पाँचथर सांगीतिक सौगात भाग १ कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।

पाँचथर सेवा समाजद्वारा आयोजित अपाङ्ग तथा असहाय सहयोगार्थ पाँचथर सांगीतिक सौगात भाग १ कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। परिवर्तन भएको हलको ठेगाना 컨벤션 센터 ,하림각 종로구 “자하문로 २२५(부합동) 하림각 मा शुक्रबार भब्यताको साथ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण लोकप्रिय गायक सविन राई एण्ड फिरोह ब्याण्डको लाइभ प्रस्तुति रहेको थियो । यसैगरी चर्चित गायिका मेलिना राई, डान्सर माला लिम्बू, नेपाल आइडलकी फाइनालिस्ट अस्मिता अधिकारी, गायिका अमृता लिम्बू र मिलना पूमा राईको बेजोड प्रस्तुति उक्त पाँचथर सांगितिक कार्यक्रम भाग १ मा रहेको थियो ।

कार्यक्रममा उपस्थित भएर भब्यरुपले सफल बनाइदिनुहुने कोरियामा रहेका सम्पूर्ण बिधार्थी ,ब्यबसायी, श्रमीक , बिभिन्न सङ्घ संस्थाको प्रतीनिधी, नेपाली दाजु-भाई, दिदी-बहिनी लगायत सम्पुर्णलाई आयोजक संस्थाले हार्दिक कृतज्ञता सहित धन्यवाद ब्यक्त गरेको छ। शुक्रबार सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथी एन. आर. एनए. कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ रहेका थिए भने सभापतीमा अध्यक्ष राजेन्द्र चेम्जोङ रहेका थिए ।

संयोजकमा कुबेर लिङ्देन त्यस्तै बिशेष अतिथीहरुमा प्रवासी मजदुर सङ्घ एमटियुका अध्यक्ष उदय राई , पुर्वान्चल सरोकार समाजका अध्यक्ष अमृत राई , एन.सिसी. अध्यक्ष अन्जु केसी,पत्रकार महासङ्घ दक्षिण कोरियाको अध्यक्ष रन्जन कुँवर साथै वोमन फर वोमन संस्थाकी अध्यक्ष ऋतु श्रेष्ठ रहेका थिए । कार्यक्रम निर्धारीत समय भन्दा केही ढिला शुरु भएपनी कार्यक्रममा उपस्थित सबैले भरपुर मनोरन्जन लिएका थिए ।भने कार्यक्रम साँझ ९ बजेसम्म संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter