Online Radio/ TV Gorkhali South Korea संचालिका सोनामको ‘परदेशी छोरी’ सार्वजनिक

Online radio गोर्खाली द .कोरिया
परदेशी भुमी कोरियामा नै बसेर सोनाम दोड़बा ह्योल्मोले उनको पहिलो कोसेली स्वरूप ‘परदेशी छोरी’ नामक मार्मिक गीत सार्वजनिक गरेको छ।
रचनाकार अशुशेण लामाको शब्द संगीतमा रहेको यस गीतमा आफ्नो देश छोडी परदेश जानु पर्ने बाध्यता, केही गर्छु भन्ने विश्वास हुदाहुदै पनि छोरीचेलीले सहनु परेको दुख कष्ट यो तितो सत्यलाई निर्देशक युवराज वाइबाले भिडियो मार्फत उतारेका छन।
यस गीतमा चर्चित कलाकार डोमा ह्योल्मो, नेपाली चलचित्र जगतका दरिलो खम्ब श्याम राइ र मोडल बर्षा थिड़लाइ देख्न सकिने छ।
विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आएकी सोनाम ह्योल्मो सम्पर्क समिति दक्षिण कोरिया, नेपाल ललितकला मञ्च दक्षिण कोरिया र अनलाइन रेडियो गोर्खाली दक्षिण कोरियामा संलग्न छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter