नेफेसो द. कोरियाको नियमित आवधिक बैठक, पार्टी प्रवेश कार्यक्रम तथा अनेस द. कोरियासँगको समायोजन प्रक्रिया अन्तिम चरणमा

यही अगस्ट ४ तरिखका दिन नेफेसो द. कोरियाको नियमित आवधिक बैठक सउलको दोंगदेमुनस्थित आगमन रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ । कोरिया प्रवास संगठनका अध्यक्ष दर्पण गुरूङको अध्यक्षता रहेको यस बैंठक तथा पार्टी प्रवेश कार्यक्रममा नेफेसका सल्लाहकारज्युहरू, तेस्रो कार्यसमितिका पदाधिकारीहरू र क्रियाशिल सदस्यज्युहरू लगायत पार्टी सम्बद्ध अन्य समाजसेवी तथा राजनीतिक ब्यक्तित्वहरूको बृहत उपस्थिति रहेको थियो । पेशागतरूपमा ब्यापार-व्यवसायमा लामो समयदेखि सक्रिय आङदावा तामाङ समाजवादी पार्टीमा प्रवास संगठन कोरियाबाट बिधिवत् रूपमा प्रवेश गरी सोही संगठनको संरक्षकत्व भूमिका निभाउन राजी हुनु भएको हो । आफ्नो संक्षिप्त मन्तव्यमा भन्नुभयो -समाजबादी पार्टीको साख नेफेसो दक्षिण कोरियाको संरक्षक जस्तो गरिमामय पदको जिम्मेवारी बहन गर्न पाउँदा जीवनमा थप जोस, जाँगर, उमंग थपिएको र विभिन्न विभेद, उत्पीडनविरुद्ध र समावेशिताका लागि आफु सक्रियताका साथ लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो। सल्लाहकारको रूपमा मनोनित हुनु भएका उमेश राईले पनि हर्ष व्यक्त गर्नुका साथै संगठनको विकास र बिस्तारको लागि प्रयासरत रहने बताउनु भएको थियो । कोरियास्थित नेफेसो र अनेसबीच समायोजनमा जुट्नु भएका समायोजन वार्ता समितिका सदस्य त्रय टीका सोनाहाङ, चित्र मोक्तान र रबिन राईले समायोजन र जिम्मेवारी विभाजन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको र तुरन्त नै सार्वजनिक हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter