नेपाल यूएई सँग सात विकेटले पराजित

काठमाडौ । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत मंगलबार दुबईमा नेपाल र युएईका बीच भएको सातौ चरणको पहिलो खेलमा नेपाल युएई संग ७ विकेटले पराजित भएको छ ।
युएईले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । युएईलाई जिताउन गुलाम सब्बिरले नटआउट ८१ रनको उत्कृष्ट अर्धसतक बनाउदा रोहन मुस्तफिरले पनि ६२ रनको अर्धसतकिय पारी खेले, साथै रम्मिज सहजादले ३७ रन, आस्फिकले १९ रनको योगदान दिदा मुहम्मद उसमानले नटआउट १७ रनको योगदान गर्दा युएईले नेपाललाई पराजित गरेको थियोे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १/१ विकेट लिएका थिए। मंगलबार बिहान आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जित्दै पाहुना टोलि नेपाललाई पहिले ब्याटिङका लागी निम्तो दिएको थियो ।
युएईले ब्याटिङका लागी दिएको निम्तोलाई स्विकार्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको थियोे । नेपालका शरद भेषावकरको उत्कृष्ट ब्याटिङबाट प्रेरित नेपालले युएईलाई २ सय २२ रनका सम्मानजनक लक्ष्य दिएको थियोे ।
सम्मानजनक स्कोर बनाउन नेपालका लागी भरपर्दा ब्याटसम्यान शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गर्दै ५ चौकाको मद्दतले नटआउट ८१ रन योगदान दिदा नेपालका ओपनर ब्याटसम्यान ज्ञानेन्द्र मल्लले ५४ रनको अर्धसतकीय पारी खेलेका थिए । साथै अर्का ओपनर ब्याट्सम्यान दिलीप नाथले १६ रन मात्र जोड्दा, कप्तान पारस खड्का र सोमपाल कामीले नेपालका लागी समान २०/२० रन योगदान दिए । साथै बसन्त रेग्मीले नटआउट १४ रन, बिनोद भण्डारीले ४ रन जोड्दा आरिफ शेख भने शून्य रनमा आउट हुँदै पबेलियन फ्रकेका थिए ।
नेपाललाई सस्तो मै समेट्ने क्रममा युएईका बलर जाहुर खानले २ विकेट, लिएका थिए । रोहन मुस्तफिर, महम्मद र रोहनले समान १-१ विकेट लिएका थिए । झन्डै साढे ३ वर्षपछि नेपाल र युएई एकदिवसीय खेलमा भिडिरहेका छ्न ।
पछिल्लो पटक नेपाल र युएईबीच २०१४ मे महिनामा भएको एसिसी प्रिमियर लिगमा नेपालले युएईमाथि ४ विकेटको उत्कृष्ट जित निकालेको थियो। भने २०१४ जनवरीमा भएको आईसिसी विश्वकप छनोटमा भने युएईले नेपाललाई १ सय २ रनले हराएको थियो । अब दोस्रो खेल नेपाल युएई संग शुक्रबार उस्कै घरमा खेल्नेछ ।

यी समाचार पनि पढ्नुहोस्