नेपाल मगर संघ किम्हे/बुसान शाखाले अागामी सलनालमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

काेरियाकाे महान चाड अर्थात काेरियाली नयां बर्ष सलनालकाे अवसरमा नेपाल मगर संघ किमे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने निर्णय गरेकाेछ। नेपाल मगर संघ किमे बुसान शाखाकाे यहि अक्टुबर २९ तारिख आइतबार किम्हे स्थित नेपाल मगर संघ किम्हे/बुसान शाखाको कार्यलयमा बसेको नियमित बैठकले उक्त निर्णय गरेकाे हाे।
कोरियाको महान चाड सलनालको अवसर पारी २०१८ फेब्रुअरी १५ तारीख किम्हे शहरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएकाे छ ।
उक्त समयमा किम्हे/बुसान क्षेत्रमा क्रियाशिल रहेका सम्पुर्ण संघ, सस्थाहरुलाई कार्यक्रम नजुधाई सहयोग गरिदिन हुन नेपाल मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष भिसन पुर्जा मगरले हार्दिक अनुरोध गरेका छन् । नेपाल मगर संघ काेरिया किम्हे बुसान शाखा, काेरिया तथा नेपालमा समेत सामाजिक सेवामा सक्रियरूपमा अगाडी बढिरहेकाे संस्थाहाे। किम्हे बुसान क्षेत्रमा समेत नेपाली संस्कृति झल्काउन मगर कल्चर प्रदर्शन गर्दै अाएकाेछ।
साथै यहां स्थित भएका अापत बिपतमा समेत सक्दाे सहयाेग र हातेमालाे पनि गर्दै अाएकाेछ। र समाज सेवाकै लागी गरिन लागेकाे बृहत सांस्कृतिक कार्यक्रमलार्इ सम्पुर्ण संघ संस्था र महानुभाबहरूले सहयाेग गरिदिनु हुन पनि अध्यक्ष पुर्जाले अनुराेध गरेका छन्। कार्यक्रम सम्बन्धि बृस्तित जानकारी अर्काे सुचनामा अाउने जनाइएकाे छ

 

यी समाचार पनि पढ्नुहोस्