निर्वाचन प्रभावित पार्न खोज्ने ३ भारतीय नागरिक सहित ११ पक्राउ

सप्तरी । बिहीवार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई प्रभाव पार्ने योजना बनाएको आरोपमा प्रहरीले तीन जना भारतीयसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन ।
निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन बिरोधी गतिविधी गर्ने उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । पक्राउ परेका मध्ये ६ जना विप्लव समूहका कार्यकर्ता छन् ।
पक्राउ परेका उनीहरुको साथबाट एक थान हतियार र एक थान बम समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्