नारी एक रुप अनेक

 

सुमित्रा अश्रुधारा काठमाडौ

 

आज भन्दा ठिक दुई बर्ष अघि मलाई बानेश्वर सम्म जानू थियो गाडी मा यात्रा गर्न भनेसी झ्याल चाहिने गाडीमा एउटा दिदि झ्याल साइडमा बसिराख्नु भएको थियो अरु ठाउँमा झ्याल तिर सिट थिएन अनि मैले “दिदी झ्याल पट्टी म बस्छु न” के आवाज मात्रै निकालेको थिए गाडी थर्किने गरि उफृन दिदी के के लाज पचेका केटाकेटी आउछन् …………… यी यस्तै म सरम ले पसिना पसिना भएर अर्को सिट मा के लम्केको थे एउटा दाइले बैनी यता बस भनेर सिट खाली गारिदियो…………
ठिक त्यही नियम लागू हुन्छ एक्ज्याम हल भित्र तपाईंको छेउमा केटि साथी पर्यो भने एउटा प्रश्न को उत्तर भनिदिए त मरिजाम केटा साथी परेको छ भने कपि देखाउन पनि पछि पर्दैन …………………
ठिक त्यस्तै
तपाईं जत्तिकै आदर्श को कुरा गर्नुहोस् तपाईंको आमाले तपाई लाई हेर्ने र तपाईंको सासू ले तपाई लाई हेर्ने दृष्टिकोण आकाश पातलको फरक हुन्छ जत्तिकै आदर्शको भाषन छाटियोस अझै पनि दुर्गम गाउँ समाजमा बुहारीलाई हेप्ने पेल्ने भाउजुलाइ दबाउने बुहारीलाई सताउने प्रवृत्ति हटेको छैन यहाँ सम्लग्न हुने हरु सब नारि#यानिकी महिला हरु नै छन ……………… यहाँ एउटा नारिले अर्को नारिको इज्जत गर्न त पर जावस पराइ नाम दिएर अर्काको छोरी को पगरी गुथाएर भेदभाव को थुप्रै बोट बिरुवा हुर्काइ रहेका छन।।।।

आफ्नो घरबाट आफ्नो नन्दा लाई भुतालेर निकाल्ने एउटा भाउजू रुप फेरेर माइतीघर मा आएर छोरिको भेष मा मेरो आमा हेला गरिस मेरो आमालाई खान दिनास त पनि एक दिन बुहारी हुन्छस भनेर एउटा भाउजुको कपाल जगट्ने रुप फेरुवा नारिहरुको बिगबिगी छ यो समाज मा । अझै जस्ले आफ्नो बुडाको कमाई ले महिनामा दुई बोरा चामल खाइसकाएर भैंसी जस्तो मोटाएर आफ्नै आमाको स्याहारसुसार मा दुब्लाएकी भाउलाइ कुट्ने नारिहरु पनि यहि समाजमा छन । आफ्नै दिदी कुट्ने आफ्नै आमालाइ हिड्ने बेलामा पैसाको थोर दिइस भनेर जाने बेलामा गए सम्म नभनी पोइला भागेर एक दुइ बेते भएर माइत फर्किएपछी झुटे आमाको माया देखाउने नारी हरु पनि छन यहि समाज मा । समाज भित्र रहेको कालो धब्बा जुन बाहिर ल्याउन सबै सामु छर्लङ्ग पार्न अझ सम्म ऐना बनिएको छैन यसो भन्दैमा तपाई त्यस्तो भनेको हैन धेरै नारी हरु छौ हामी …………… यो समाजको लागि उदाहरणीय काम गर्ने साहसी नारी हरु ।

आधा आकाश ढाकेका हामी नारि मा अझै चेतना खुल्न बाकी छ 100% नारिमा 5% नारी नै छौ जस्ले हामी नारिलाइ बाधा गर्दछौं । हामी जतिसुकै सताब्दिको कुरा गरौ अझै पन्ध्रौं सताब्दिको क्रियाकलाप गर्न पछि नपर्ने नारी हरु पनि छौ र बाकी 95% नारी हरुप्रती गर्व गर्दछु । नारी एक रुप अनेक भेट्न सकिन्छ अझै पनि सासुको नाम मा सौतेनी आमाको नाम मा भाउजु बुहारी को नाम मा थुप्रै प्रतिनिधि नारी हरु छौ समाजको धब्बा भएर अझै पनि दुखाइ रहेको छौ समाजलाइ । 95% नारी हरु बाट 5% धेरै सिक्न बाकी छ नारी हरु कहाँ कहाँ पुगिसके लेखक , डाक्टर, पाइलट, इन्जिनियर, सगरमाथा आरोहण , धाविका के के भैसकेका छैन तर 5% नारी हरु अझै पनि सासुको दम्भ बोकेर होस या भाउजु बुहारी को ।रुप फेरेर ब्याबाहर गर्ने हैन नारी भएर ब्याबहार गर्न आवश्यक छ ।
पुरुष ले नारिलाइ कहिल्यै पनि प्रतिस्पर्धा को भाव ले हेर्दैन डाहाको भावले हेर्दैन यदि नारी प्रती पुरुष को कुदृष्टि पर्यो भने त्यही जवानिमा पर्ला तर नारिको कु-भलोको लागि नारी नै अग्रसरतामा भेट्न सकिन्छ। मैले प्रतक्ष देखेको छु उत्कृष्ट पदमा रहेकि एउटा नारिले अर्को नारिको अन्तरबार्ता डिलेट गरेको सम्म यहाँ नारी एक छौ हामी रुप अनेक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter