नारीको चित्कार

सृष्टि थाम्ने नारी
संसार चलाउने नारी
तर नारीलाईनै पटक-पटक दबायो हिजो
तर नारीलाईनै दबाईरहेछ आज
हरेक बहानाहरूमा,
हरेक चाहानाहरूमा
नारीलाईनै लत्याईरह्यो,
नारीलाईनै घोत्लाईरह्यो
गर्भ देखी निस्कन नपाउदैं
पीडा खप्नु सुरू भयो,
जन्मेपछी आमाले खाने लातहरू
पटक-पटक छेक्नु पर्यो
माथी शैलुड़्गेको लेकहरूतिर
यार्सागुम्बा टिप्ने हात नारीको
तल बेशी तीर गैरी खेतहरूमा धान रोप्ने हात
नारीको ।
 
हरेक स्वार्थहरूमा
नारीलाई घोलियो
दाईजोको निहुमा नारिलाई जिउदै पोलियो
आखिर छोरा चाहाने बाबाहरू आफै
कमजोर छन् त किन?
तर छोरी जन्माई भनि आमाहरूलाई
हेला गरियो।
 
खोक्रो भाषणहरूमा मात्रै निखार ल्याउने
तिमी पुरूष
बारम्बार किन गर्छौ
बलात्कार नारीलाई ?
सिद्याएर नड़्गाउछौ,
रित्याएर हत्या गर्छौ
तिम्रो चुल्हा बाल्ने
नारी तिम्लाई सफलताको शिखर
पुराउने नारी
तिम्रो भोक-प्यास नारी
तर,
 
किन हरेक उपनामहरूले सम्बोधन गर्छौ?
बाझी भनेर
थारी भनेर
विधवा भनेर
हो यो सब हुनुमा तिम्रै ठुलो देन छ
हिजो पर सर्दा
तुसारो छल्न नसक्ने
गाईगोठमा सुताएउ
आज बाँझी भयो,
थारी भयो
हिजो द्वन्द्वकालमा
गोलि चलाएउ
आज विधुवा भईन्
सिउदोको सिन्दुर पुछियो
घाटीको पोते लुछियो।
 
किन गर्छौ भेदभाव
छोरा-छोरीमा ?
छोरालाई A, B, C, D पढाईरहदा
छोरीलाई क,ख,ग,घ समेत नपढाई डोको बोकाएउ
छोरा लाई बोर्डिंग सम्म हात समाउदै पुर्याईरहदा
छोरीलाई कापी च्यापी सरकारी बिद्यालयमा
जाने कलिलो पाईलाहरू आफै छेकेउ।
 
सुस्मा राई
खोटाड़्
हाल-दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter