नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं, २९ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बसधबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्न प्रदान गरे ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।
कार्यक्रममा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । उनले प्रहरी संगठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्ने भन्दै त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए ।
प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ संक्रेत गर्दै आफूलाई सच्याउनु जरुरी रहेको गृहसचिव न्यौपानेको भनाइ छ । उनले भने, ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ ।’ उनले हरेक सात गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्नने जानकारी समेत दिए । प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता रहेको भन्दै गृहसचिव न्यौपानेले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए ।
सोही अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको भन्दै ती चुनौतीहरु सामना गर्न प्रहरी संगठन तयार रहेको प्रतिवद्धता जनाए । उनले भने, ‘संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा म कटिबद्ध छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *