नयाँ शक्ति पार्टी बिच दक्षिण काेरिया प्रवास समितिको २०१९ सेप्टेम्बर १४ तारिक दक्षिण काेरियाकाे राजधानी सउलमा समायोजन हुने स्राेतले जनाएको छ ।

Online radio गोर्खाली द .कोरिया
नेपाली राजनैतिक धरालतकाे एक मात्र वैकल्पिक शक्तिको रूपमा स्थापित पार्टीहरू संघिय समाजवादी फाेरम र नयाँ शक्ति पार्टी बिच दक्षिण काेरिया प्रवास समितिको २०१९ सेप्टेम्बर १४ तारिक दक्षिण काेरियाकाे राजधानी सउलमा समायोजन हुने स्राेतले जनाएको छ ।

केन्द्रीय स्थरमा केही समय अगाडि नै समायोजन भएता पनि प्रवास समिति दक्षिण काेरियाकाे समायोजन हुने क्रममा विविध प्राविधिक कारणका बाबजुद समायोजन हुन केही ढिलाई भएकाे थियाे ।

अघिल्लो पृष्ठभूमि हेर्दा ससफाे द. काेरियाकाे पार्टी कार्यकर्ता तथा सदस्यहरू बहु-जाती, बहु धार्मिक, बहु सांस्कृतिक तथा भाैगाेलिकताकाे अाधारमा सबै तर्फबाट पार्टीमा प्रतिनिधित्व रहेकाेले कार्यकर्ता थपघट गर्दा समिकरणमा केही गृहकार्य गर्नुपर्ने भएकाले केही समय ढिलाे हुन गएकाे कुरा अध्यक्ष दर्पण गुरूङले मिडियालाई प्रष्ट गर्नुभयो ।

समायोजन प्रक्रियामा दुबै प्रतिनिधि तथा कार्यकर्ताहरू बिच वैज्ञानिक ढंगबाट एक-अापसमा लामाे गृहकार्य पश्चात् दुबै तर्फबाट सकारात्मक विचारलाई अात्मसाथ गर्दै नयाँ निति अबलम्वन गरि सक्षम भएर केन्द्रकाे निर्देशन अनुरूप समायोजन हुने कुरा स्राेतले प्रष्ट पारेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter