नमस्ते कोलोराडो साँगितिक साझ भब्य रुपले सम्पन

अन्लाईन टि .भि कोलोराडो,
हाम्रो आवाज अन्लाईन टि .भि .को प्रस्तुती नमस्ते कोलोराडो साँगितिक साझ भब्य रुपले सम्पन भएकोछ । कोलोराडोका बिभिन्न संघ संस्थाको प्रतिनिधी देखी पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ्ग दोर्जी शेर्पा र नावाङ वाङ्छु शेर्पाको उपस्तिथी रहेको उक्त कार्यक्रम को सन्चालन दिनेस कार्की ले गरेका थिए । प्राज्ञ एवम लोकप्रिय गायिका सत्यकला राई ले तिमीलाई हंकङ पुर्यायो गाउदा सबै आ आफ्नो सिट बाट उठेर ताली बजाउदै नाचेका थिए । दुइ घण्टाको साँगितिक कार्यक्रममा प्राज्ञ सत्यकला राई ,लोकप्रिय गायक महेश बुढाथोकी ,बसन्त लम्साल ,दिनेश कार्की को बेजोड प्रस्तुतीको साथमा एस .बि .के .डि ग्रुप डान्सको भाइ बहिनी हरुको नित्यले माहोल रोचक बनाएको थियो भने हाम्रो आवाज अन्लाईन टि .भि बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter