धरानका एक आश लाग्दो ब्यान्ड आर. यस. यु. ब्यान्ड

सुमित्रा अश्रुधारा
काठमाडौ

 

धरानका एक आश लाग्दो ब्यान्ड आर. यस. यु. ब्यान्ड

सुन्दर नगरी धरान स्थित निकेन राई , निमेश राई र शौरब शाक्य द्वारा संचालित धरानका एकमात्र आश लाग्दो ब्यान्ड हो( RSU) आर. यस. यु. ब्यान्ड साथै यस्लाइ योङस्टार ब्यान्ड भन्दा फरक नपर्ला ।

२०१२ मा स्थापना भएको यस ब्यान्डको फाउन्डर तीन जना रहेका छन निकेन, निमेष र शौरब । भोकलिस्ट, गितारिष्ट, लियरिष्ट ,ड्रमर तिनै जनाले भुमिका खेल्ने कुरा बताउँछन् यस ब्यान्डको भाइहरु।धरानमा बिगत देखी नै हरेक कन्सर्ट हरुमा बाक्लो उपस्थिति दिरहेको र दर्शक हरुको मन जितिरहेको समेत दावा गर्छन् । छ बर्ष देखि निरन्तर यस ब्यान्डले मनोरंजन दिरहेका छन । निकेन राई कम्पोजर, भोकलिस्ट साथै फाउन्डर, निमेष राई भोकलिस्ट अनि शौरब शाक्य ड्रमर को रोल निभाउछन।

छोडिदियौ, निम्ताउदै छु तिम्रो मुस्कान यि गित हरु निक्कै चलेका गित हुन यस ब्यान्ड को भने अरु थुप्रै बजारमा आएका छन
तिमिलाइ …….
समाल्न ……
साचो माया……..
सपनाको कुरा….
याद बनेर ……. लगायत थुप्रै गितहरु बजारमा ल्याइसकेका छन। आगामी दिनहरुमा यो भन्दा उत्कृष्ट गितहरु दशर्क हरुलाइ दिन सक्ने बताउँछन् निकेन राई।
यस ब्यान्डका केही गितहरु यहाँ हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *