दुर्गम भेगको शिक्षा र स्वास्थ्यको सयोगार्थ मंगोलियन हर्ट कोरिया आउदै

सउल/ सोनाम
दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजले संयुक्त रुपमा दुर्गम भेगको शिक्षा र स्वास्थ्यमा सहगोग गर्ने उद्देश्यले अगामी छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 12 मा “मंगोलियन हर्ट लाइभ कन्सर्ट एड सांगीतिक धमका 2019” आयोजना गर्ने भएको छ। गत आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी दिदै कार्यक्रमको पोस्टर सार्वजनिक गरिएको थियो।
कार्यक्रममा २५ वर्ष सम्म नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिइ सकेका नेपालको चर्चित व्यान्ड “मंगोलियन हर्ट”, भोइस अफ नेपाल सिसन-2 का जर्ज अस्था राउत, लोक दोहोरी गायक प्रकाश कटुवल, नेपाल आइडल सिसन-1 को सेकेन्ड रनरअप प्रताप दास, गल्बन्दी गीतका चर्चित मोडेल अन्जली अधिकारी आउने छन्। कलाकारहरूको भिषा प्रोसेस, हल बुकिड़, टिकेट सबैको व्यवस्था भइ सकेको रामेछाप सम्पर्क समितिको अध्यक्ष रवि प्रताप घिसिड़ले जानकारी दिए।
कार्यक्रम सकेको २ महिना भित्र आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने सिन्धुपाल्चोक समाजको अध्यक्ष सन्जिब भण्डरीले उल्लेख गरे। प्रदेश न ३ मा पर्ने यी तीनै जिल्लाले पहिलो पटक कार्यक्रम गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter