दुई चरणको निर्वाचनले नवलपरासीमा अन्योल

स्थानीय तहको निर्वाचन दुई चरणमा गरिने सरकार र मधेसी मोर्चाबीचको सहमति लगत्तै दुईवटा प्रदेशमा विभाजित नवलपरासीमा सीमा विवाद सुरु भएको छ । कुन स्थानमा कहिले निर्वाचन गर्ने भन्ने टुंगो नभएपछि अन्योलता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
संविधानमा नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरिए पनि त्यहाँ रहेका अन्य गाविस (हाल गाउँपालिका)का सिमानाका बारेमा प्रस्ट उल्लेख छैन । संविधानमा प्रदेशको सबै सिमाना प्रस्ट नपारिएका कारण यहाँ दुई चरणको निर्वाचन कुन कुन स्थानमा कहिले गर्ने ? भन्ने अन्योल बढेको हो । संविधानमा बर्दघाटदेखि त्रिवेणी सुस्तादेखि पूर्वको भाग ४ नम्बर प्रदेश र बर्दघाटदेखि त्रिवेणी सुस्ता पश्चिमको भाग ५ नम्बर प्रदेशमा रहने उल्लेख छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *