दिपावलीको अवसरमा च्यारेटी शो तथा सांगीतिक सांझ आयोजन हुदै

सोनाम / सौला
समाज सेवामा निरन्तर लागि राख्ने सोलुखुम्बु शेर्पा समाज दक्षिण कोरियाले दिपावलीको पावन अवसरमा ‘मिस मंगोल च्यारेटी सो तथा सांगीतिक सांझ’ को आयोजना सुवन सहरमा 26 अक्टोवरमा गर्ने भएको छ।
सन 2018 की मिस मंगोल जाड़्मु शेर्पा,फस्ट रनरअप प्रिति गुरुङ र सेकेंड रनरअप पुनम शेर्पाले आर्थिक अभावका कारण विद्यालय जानबाट वन्चित असहाय बालबालिकाहरूलाई पनि विद्यालय जाने वातावरण सृजना गर्ने उद्देश्यले संयुक्त रूपमा स्थापना गरिएको कोषलाइ मजबूत बनाउन यस कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमलाइ रोचक र फलदायी बनाउन नेपालबाट मिस मंगोल 2018 का विजेता जाड़्रमु शेर्पा, चर्चित गायिका प्रमिला राइ, कोरिया मै कार्यरत Dj एपी तेन्जिड़ शेर्पा साथै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छl
कोषमा सहयोग जुटाउनको लागि वेल्जियम, पर्चुगल लगाएतका यूरोपेली मुलुक समेत पुगेकी छिन। अध्यारो जीवनमा प्रकाश छर्न स्थापना गरिएको कोषको उद्देश्य पुरा गर्न सहयोग गरिदिनु हुन कोरियामा रहनु हुने सम्पूर्ण नेपालीहरूमा आयोजक टीम हार्दिक अनुरोध गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter