दिपावलीको अवसरमा आयोजित च्यारेटी शो तथा सांगीतिक सांझ भव्यताका साथ सन्पन्न

सोनाम /सोउल
सोलुखोम्बु शेर्पा समाज दक्षिण कोरियाले दिपावलीको पावन अवसरमा आयोजित ‘मिस मंगोल च्यारेटी सो तथा सांगीतिक सांझ’ सुवन सहरमा गत सनिवार भव्य र सव्य रुपमा सम्पन्न भएको छ।
एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष सोम तामाङको प्रमुख आतिथ्यमा सप्पन्न उक्त कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सन 2018 की मिस मंगोल जाड़्मु शेर्पा,फस्ट रनरअप प्रिति आले र सेकेंड रनरअप पुनम शेर्पाले आर्थिक अभावका कारण विद्यालय जानबाट वन्चित असहाय बालबालिकाहरूलाई पनि विद्यालय जाने वातावरण सृजना गर्ने उद्देश्यले संयुक्त रूपमा स्थापना गरिएको छात्रवृत्ति कोषलाइ मजबूत बनाउन यस कार्यक्रमको आयोजना गरिएको हो। सोही दिन नेपाल आदिवासी जनजाती महासङ्घ द कोरियाले उपाध्यक्ष सोम तामाङ ज्युको अगुवाईमा छात्रवृत्ति कोषको सहयोगार्थ सङ्कलित रकम ९ लाख ८० हजार वन पनि उपाध्यक्ष सोम तामाङ, सुचना तथा संचार बिभाग प्रमुख राजु राई र सचिब मनोज तामाङले संयुक्त रुपमा सोलुखुम्बु शेर्पा समाजका अध्यक्ष वाङ्दी शेर्पालाई हस्तान्तरण गरेको थियो।
कार्यक्रमलाइ रोचक र आकर्षक बनाउन स्थानीय कलाकार बिक्रम लामा र नेपाल आइडलकि टप 7 चर्चित गायिका प्रमिला राइको प्रस्तुति काफी थियो। कोरिया मै कार्यरत Dj एपी तेन्जिड़ शेर्पाले सवैलाई नचाउन सफल भएको थियो।
कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रम सफल बनाइ दिनु हुने सम्पूर्ण प्रती आभार व्यक्त गर्दै कार्यक्रमको खर्च कटाई बाकी रकम मिस मङगोल छात्रवृत्ति कोषमा पठाइउने जानकारी सोलुखुम्बु शेर्पा समाज दक्षिण कोरियाका अध्यक्ष वाङ्दी शेर्पाले दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter