दाबुटी शेर्पा (बारीस्ता दावा) लाई कोरीयाको बिभिन्न संग-संस्थाले सम्मान गरे।

शकुन//सौल

वास्तवमा दाबुटी शेर्पा(बारिस्ता दावा) आफ्नो कार्यलाई अगाडी बढाउने क्रममा स्पेसल कोर्ष गर्नकोलागी कोरीया आउनु भएको थियो । तर वहाँको आगमनलाई स्वागत गर्दै बिभिन्न संघ-संस्था सम्मानकार्यमा जुटेका थिए ।
सन १९९४ मा दोलखा सिमी गाउँ -३ मा आमा डोमदिकी र बाबा लाक्पा थुण्डु शेर्पा बाट दोश्रो सन्तानको रूपमा जन्मिएकी दाबुटीले आफनो माध्यमिक तहको शिक्षा श्री त्रीपुरा ग्लोरीज एकेडेमी बाट पुरागरी आफ्नो अध्यायनलाई अगाडी बढाउने क्रममा काठमाण्डौ छिरेकी दावा मित्रपार्क स्थित टेक्सन कलेजमा भर्ना हुन पुगेकी थिईन।
यसै शिलसिलामा आमा बुबालाई केही आर्थीक सहयोग गर्ने उदेश्य लिएर एउटा कोरियन NGO मा काम गर्न छिरेकी दाबुटी अाफ्नो मेहेनत र दृढ आत्माबिश्वासले आज (बारिस्ता दावा ) बनिन
SEE नाम गरेको NGO ले दाबुटी शेर्पालाई जागीर मात्र होईन जीवननै परिबर्तन गरिदियको छ । कफि सेक्टरमा त्यहाँ काम गर्ने क्रममा वहाँले राम्रो काम गरेकोले वहाँको मेहेनतलाई तेतिकै छाडेनन् पाईला-पाईलामा साथ दिएर कफि सम्बन्धि बिभिन्न तालिमहरु दिई एउटा असल प्रशिक्षक बनाए। दावाले काठमाण्डौको बिभिन्न कफिसपहरुमा कफि कसरी बनाउने भन्नेबारेमा कफि सम्बन्धी बिभिन्न प्रकारका तालिम दिंदै आउनुभएको छ। नेपाल कृषिप्रधान देश भएकोले दावाले नेपालमा उत्पादित कफि कसरी बिश्व बजारसम्म पुर्याउन सकिन्छ भन्ने सोंचाईले वहाँले
“हाम्रो सगरमाथा हाम्रो गौरब , कृषि बिकासमा हाम्रो पौरख।” भन्ने मुलनारा बनाई विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणगरी सगरमाथाको चुचुरोमा आफ्नै हातले बनाएर सगरमाथा आरोहीहरुलाई कफि खुवाउन सफल हुनुभएको वहाँ बिश्वको पहिलो बारिस्ता हुनुहुन्छ।
आफु बारिस्ता भएकोले अरुपनि धेरै बारिस्ताहरु जन्माई सक्नु भएको र आगामीदिनहरुमा नेपालको बाँझियको बारीहरुलाई कफिको उरबर भुमि वनाउने वहाँको लक्ष्य छ । एेलै वहाँको सातदिने तालिम भैरहेको जानकारी पाईएको छ ।यसै शिलशिलामा वहाँलाई बिभिन्न संघ-संस्थाले सम्मान कार्यक्रम गर्नु भयको थियो “शेर्पा संघ द. कोरीयाले 13 अक्टोबरमा थेगुस्थीत बालाजी होटलमा सम्मान गर्नु भएको थियो भने सउल स्थित जोंगाकको दुर्गा रेष्टुरेन्टमा ४ वटा संस्था जनजाती महासंघ, प्रदेश नं ३ एकता समाज , दोलखा समाज र वोमन फर वोमनले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । जसमा कार्यक्रम सन्चालन जनजाति महासंघको महासचिब युगेल थेन्डुपले गर्नुभएको थियो सभाध्यक्ष मल्लिका ठकुरी रहनु भएको थियो भने प्रमुख अतिथी महामहिम राजदुत श्री अर्जुनजंग साहाको रहेको थियो भने स्वागत मन्तब्य वोमन फर वोमनको अध्यक्ष पद्मा श्रेष्टले गर्नु भएको थियो शुभकामना मन्तब्य बिभिन्न संघ-संस्थाको प्रतिनिधीहरुबाट राख्नुभएको थियो !
17 अक्टोबर 2018 मा वहाँको तालिमको अन्तिमदिन रहेको जानकारी प्राप्त भएको छ भने 20 अक्टोबर नेपाल फर्किने जानकारी प्राप्त भएको छ ।वहाँ नेपालफर्केपछि आरोहणगर्न सबैभन्दा कठीन हिमाल सोलुखोम्बु स्थित आमाडब्लाल हिमालमा पनि बारिस्ताको रुपमा जाने वहाँको योजना रहेको जानकारी प्राप्त छ।

यी समाचार पनि पढ्नुहोस्