दक्षिण कोरियामा पाँचथर फिदिम नगरपालिका साबिक चोकमागुका राजेश तुम्बापोको आज बिहान ८ बजे मेसिनले च्यापेर मृतु |

पाँचथर फिदिम नगरपालिका साबिक चोकमागुका राजेश तुम्बापोको आज बिहान ८ बजे मेसिनले च्यापेर मृतु |

दक्षिण कोरिया छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत एक नेपालीको कम्पनि दुर्घटनामा परि मृत्यु भएको छ l इपिएस मार्फत करिब २ बर्ष पहिला कोरियामा आएका पांचथरका राजेस तुम्बापो मंगलबार कार्यस्थल दुर्घटनामा परि मृत्यु भएको सियोल स्थित नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भएको छ l
आज बिहान ८ बजेको समयमा काम गर्ने क्रममा मेसिनले च्यापिएर उक्त दुर्घटना भएको थियो l उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ l
घटना बारे नेपालका आफन्तलाई जानकारी दिने तयारि भैरहेको बास्तोलाले बताउनु भयो l मृतक तुम्बापो भाइ पनि कोरियामै कार्यरत छन् l
त्यसैगरी थप विवरण लिन हामीले मृतकका सहकर्मी लाइ सम्पर्क गर्दा उनले बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखत घटना घटेको बताए l घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमा रहेको समेत बताए l

यी समाचार पनि पढ्नुहोस्