दक्षिण कोरियामा कार्यरत नेपालीबाट मिर्गौलापीडितलाई आर्थिक सहयोग

काठमाडौं, २३ पुस । एक वर्षदेखि दुवै मिर्गौला फेल भएर उपचार गराउँदै आएका निशान कुरुम्बाङलाई दक्षिण कोरियामा कार्यरत नेपालीबाट आर्थिक सहयोग प्रदान गरिएको छ । दुवै मिर्गौला फेल भएर २५ वर्षीय निशानले डायलसिस गराउँदै आएका छन् ।
दक्षिण कोरिया कार्यरत राजेश कुरुम्बाङ, लखन कुरुम्बाङ र जगत कुरुम्बाङको पहलमा त्यहाँ रहेका विभिन्न नेपालीहरुबाट संकलित २ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग विमारीका बाबु मनोजकुमार कुरुम्बाङलाई हस्तातरण गरिएको छ । उक्त सहयोग रकम एक कार्यक्रमबीच याक्थुङ कुरुम्बाङ सङजुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको हातबाट हस्तान्तरण गरिएको छ ।
तेह्रथुम, फेदाप–१ (साविक सिम्ले–१)का २५ वर्षीय निशानको हाल ललितपुरस्थित सुमेरु अस्पतालमा डायलसिस हुँदै आएको छ । आर्थिक अभावका कारण समयमै छोराको मिर्गौला प्रत्यारोपण गर्न नसकेको विमारीका बाबु मनोजकुमारले बताए ।
बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका बेला निशानको मिर्गौलाले काम गर्न छाडेको थियो । दुवै मिर्गौला फेल भएको थाहा भएपछि नेपाल आएर राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु गरेका थिए । पीडित निशानको हाल सातामा एकपटक डायलसिस हुँदै आएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले समयमै मिर्गौला प्रत्यारोपण गर्न नसकेका निशानलाई बचाउन विभिन्न व्यक्ति, संघसंस्था र मनकारीहरुले आर्थिक सहयोग गर्दै आएका छन् । तर, खाशै ठूलो रकम सहयोग नपाएकाले अहिलेसम्म मिर्गौला प्रत्यारोपण गर्न सम्भव नभएको उनका बाबु मनोजकुमारले बताए । मिर्गौला पीडित निशानलाई बचाउन कुरुम्बाङ सङ्जुम्भो परिवारले सहयोगी भावना भएकाहरुलाई सहयोगका लागि अनुरोध गर्दै अहिलेसम्म सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter