दक्षिण कोरियामा उधौली कविता, ढेड दर्जनले बाचन गरे कविता

काठमाडौं, १५ माघ । इतर आवाज साहित्य समाज दक्षिण कोरियाले ‘उधौली कविता–२०२०’ कार्यक्रम आयोजना गरेको छ । सोही अवसरमा ‘इतर कविता संग्रह’को पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पहिचानवादी आन्दोलनको अगुवा आख्यानकार एवं साहित्यकार राजन मुकारुङलगायत रंगवादी कवि स्वप्निल स्मृति, कवि बिना थिङको आतिथ्यमा आयोजित कार्यक्रममा कोरियाको राजधानी सियोल भएको थियो ।
इतर आवाज साहित्य समाजले पहिचानका विषयमा कलम चलाइरहेका पहिचानबादी ३३२ जना कविहरुको ६८६ पृष्ठको कविता कृतिलाई आख्यानकार मुकारुङ, कवि स्वप्निल स्मृति, कवि बिना थिङलगायत लोकार्पण गरेका थिए ।
कार्यक्रममा कवि थिङ र स्मृतिले आफ्ना इतर र साहित्यप्रतिको महत्वपूर्ण धारणा राखेका थिए । साहित्यको क्षेत्रमा पहिचानको आन्दोलन अचानोले खुकुरीको प्रहार सहन नसकेपछि अचानोहरुबाट आन्दोलनको सुरु भएको बताउँदै साहित्यका मुकारुङ सत्तालाई अचानोको पिँडा थाहा नहुने बताए ।
विश्व साहित्यमा पहिचानको आन्दोल जतिबेला अफ्रिकी मुलुकहरुमा काला जातिहरुलाई युरोप र अमेरिका पु¥याइयो, दास बनाइयो, जब उनीहरुले आफ्ना दुःख पीडाहरुलाई गीतसंगीत र साहित्यको माध्यमबाट अभिब्याक्त गर्न थालेका थिए । आदिबासी सौन्दर्य खोजिनुपर्छ भन्ने मान्यता पहिचानबादी साहित्यिक आन्दोलन र इतर अभियान यसै आन्दोलनका सहयात्री भएको साहित्यका मुकारुङले बताए ।
कार्यक्रममा डेढ दर्जन कवि तथा साहित्यकारले कविता बाचन गरेका थिए । कार्यक्रममा मातृका पराजित पोमु नेम्बाङ, वियोगी काइँला, शकुन आँसु, खोम गुरुङ, दिलिप बान्तावा, कोशी सलल, सेसेफुङ सेर्मा, सुमन तिमिल्सिना, दिपा मेवाहाङ राई, मचिन्द्र कुरुङ्बाङ, देवेन्द्र थाम्सुहाङ, बाबु बलिन्द्र, चेतन आङ्देम्बे, सुनिल दिप्त राई, स्पन्दन खनाल, शुष्मा रानाहँमा, डम्बर सुब्बा, सुरेशसिंह सम्बाहाम्फे, कृष्ण किरात, पूर्वेली गाउँलेलगायतले कविता बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *