तमू धीं दक्षिण कोरियाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार हुंदै,

 

सौल,कोरिया
२०१८ अक्टुबर २८
लेसन गुरुङ

दक्षिण कोरियामा एक सकृय समाजिक संस्था तमू धीं दक्षिण कोरियाले कोरियाको दक्षिणपुर्वी भूभाग ख्याङ्साङ्नाम्दोमा बसोबास गरिरहेका तमु(गुरुङ)हरुलाई समेट्ने उद्देश्यसहित यहि नोभेम्बर ११ तारिख आफ्नो दोश्रो शाखा बिस्तार गर्ने भएको छ।

नेपाल तथा विश्वको अन्य मुलुकबाट जीवनयापनको शिलशिलामा विभिन्न पेशा तथा व्यापार व्यावसाय गर्दै दक्षिण कोरियामा बसोबास गरिरहेका तमू(गुरुङ)हरुलाई आईपर्ने विविध दु:ख कष्ट तथा समस्याहरुलाई समाधान गर्ने,तमू भाषा,लिपी,भेषभूषा,धर्म,संस्कार र संस्कृतिको संरक्षण संवर्द्वन गर्ने,तमूहरुको आपसी एकता,सदभाव अभिबृद्दि,समग्र तमू समुदायको बृहत्तर हित र समुदायको उत्थान एवं देश विदेशमा रहेका तमू संघ-संस्थाहरुसंग समन्वय गर्ने उद्देश्य सहित सन् १९९९-०१-१० मा स्थपना भई स्थपना कालदेखि हालसम्म दक्षिण कोरिया र नेपालमा हुने विभिन्न प्रकारका समाजिक क्रियाकलापहरुमा आफ्नो सकृयता जनाएर एक उदारणीय अग्रणी संस्थाको रुपमा आफ्नो परिचय स्थापित गरिसकेको समाजिक संस्था तमू धीं दक्षिण कोरियाले गत अप्रिल २९,२०१८ मा कोरियाको मध्य भूभागमा बसोबास गरिरहेका तमू(गुरुङ) हरुलाई समेट्ने उद्देश्य सहित यस संस्थाको पहिलो शाखा थेगुमा बिस्तार गरेको थियो।

यसै क्रममा ईपिएस प्राणाली मार्फत कोरिया आउने नेपालीहरुको संख्या वृद्दि संगै कोरिया आउने तमूहरुको संख्या पनि स्वभाविक रुपमा वृद्दि हुन आएकोमा कोरियाको राजधानी सौल आसपासमा मात्र संस्थालाई केन्द्रित नबनाई कोरियाको दक्षिणपुर्वी भूभाग ख्याङ्साङ्नाम्दोमा उल्लेख्य मात्रामा विभिन्न पेशा तथा व्यापार व्यावसायको शिलशिलामा बसोबास गरिरहेका तमू(गुरुङ)हरुलाई पनि संस्थाको मूल उद्देश्य अनुरुप समेटेर अगाडि बढाउने लक्ष्यसहित संस्थाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार गर्न लागेको संस्थाको केन्द्रिय अध्यक्ष जित गुरुङले बताउनु भएको छ।
तसर्थ तल उल्लेखित मिति ,समय र स्थानमा आयोजना हुन गईरहेको संस्थाको दोश्रो शाखा बिस्तार अर्थात तमू धीं दक्षिण कोरिया ख्याङ्साङ्नाम्दो शाखाको प्रथम अधिबेशनमा गरिमामय उपस्थितिको लागि बिशेष गरेर त्यस क्षेत्र आसपासमा बसोबास गरिरहनुभएका तमू(गुरुङ) दाजुभाई तथा दिदीबहिनीहरुलाई र सम्पुर्ण कोरियाबासी तमू एवं गैर तमू दाजुभाई तथा दिदीबहिनीलाई हार्दिक निमन्त्रणा सहित विनम्र अनुरोध गरेको छ।साथै सौल र थेगूबाट कार्यक्रममा जानआउनको लागि यातयातको व्यवस्था पनि गरिएको जानकारी गराएको छ।

मिति: २०१८ नोभेम्बर ११,आईतबार
समय: दिउंसो ठिक १२:०० बजे
स्थान: लुम्बिनी रेष्टुरेन्ट,किम्हे बुसान

यी समाचार पनि पढ्नुहोस्