ट्रम्पले किमबाट सुन्दर चिट्ठी पाए लगत्तै उत्तर कोरियाले गर्‍यो मिसाइल प्रक्षेपण

उत्तर कोरियाले मिसाइल प्रक्षेपणको क्रम जारी राखेको छ । उसले शनिबार बिहान दुईवटा मिसाइल प्रक्षेपण गरेको हो । उसले समुद्र तर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल कुन प्रकारको हो भन्ने खुलेको छैन । दुई हप्ताको अवधिमा उसले गरेको यो पाँचौँ प्रक्षेपण हो ।

दक्षिणी हामग्योङ्ग प्रान्तको पूर्वी शहर हामहुङ्गबाट उत्तर कोरियालो जापान सागर तर्फ लक्षित गरी मिसाइल प्रहार गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनबाट आफूले निकै सुन्दर पत्र प्राप्त गरेको बताएपछि मिसाइल प्रक्षेपण भएको हो । हाल अमेरिका र दक्षिण कोरियाले गरिरहेको संयुक्त सैन्य अभ्यासबाट किम बेखुश रहेको ट्रम्पले बताएका थिए । अमेरिका र दक्षिण कोरियाबिच अगस्ट ११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।

गएको जुनमा दुई कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाका राष्ट्रपतिको उपस्थितिमा ट्रम्प र किमबिच भएको भेटमा अमेरिका–उत्तर कोरिया वार्तालाई निरन्तरता दिने सहमति भएको थियो । त्यसपछि उत्तर कोरियाले लगातार मिसाइल तथा रेकट प्रक्षेपण गर्दै आएको छ ।

शनिबार बिहानको मिसाइल प्रक्षेपणको केही अघि मात्रै ट्रम्पले आफूले किमबाट निकै सुन्दर र सकारात्मक पत्र प्राप्त गरेको बताएका थिए ।
यसअघि गएको मंगलबार उसले दुईवटा मिसाइल प्रक्षेपण गरेको थियो ।

त्यसअघि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दूरीमा मार हान्न सक्ने मिसाइल प्रक्षेपण गरेको थियो । सो प्रक्षेपणपछि पनि सी अफ जापान तर्फै दुईवटा मिसाइल प्रहार गरेको थियो । यस्तै जुलाई २५ मा उत्तर कोरियाले थप दुई मिसाइल प्रक्षेपण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter