ज्वालामुखी माध्यामिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट

धरान : धरान उपमहानगरपालिका २० स्थित ज्वालामुखी माध्यामिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट भएको छ ।मंगलबार दुई अज्ञात व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट गराई फरार रहेको प्रत्यक्षदर्शीले जानकारी दिए ।
धरान–चतरा सडकखण्डको चारकोसे जङ्गल नजिकैको पटनाली मतदान केन्द्रमा बम विस्फोटपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बम विस्फोटबाट कुनै पनि क्षति नभएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए।
डीएसपी पौडेलले स्थानीयवासीको भनाइ उद्धृत गर्दै बम विस्फोट गराउने समूह चारकोसे जङगल भागेको जानकारी आएको बताए । प्रहरीले बम विस्फोटमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।

यी समाचार पनि पढ्नुहोस्