जागिर सरकारीमा, काम निजीमा

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा प्याथोलोजी विभागमा कार्यरत कर्मचारी सरकारी अस्पतालमा जागिर खाएर पनि निजीमा काम गर्ने गरेका छन् । अस्पतालको जागिरबाट तलब भत्ता पाउने र आफ्नो निजी प्याथोलोजी सञ्चालन गरी त्यहाँबाट अस्पतालकै बिरामी ल्याएर चेकजाँज गरी थप रकम कमाउने काम कर्मचारीले गर्दै आएका छन् ।
अञ्चल अस्पतालको प्याथोलोजी विभागका प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट अरुणकुमार मल्लिक, रामविनय साह, रामसुफल यादव, रामउद्गार यादव र युगल यादवले निजी प्याथोलोजीमा काम गर्ने गरेका छन् ।विभागमा ल्याब असिस्टेन्टका रूपमा नियुक्त मनमोहन मि श्र, अजित तिवारी र भोलन्टियरहरू सुन्दरकुमारी र रामउद्गारसमेतले निजी प्याथोलोजीमा बढी समय दिने गरेका छन् ।
बेलुका र रातिको सिफ्टका लागि नियुक्त गरिएका गुनानन्द साह, सन्तोष ठाकुर, रामउदय यादव, राजिशरण ठाकुर पनि निजीमै व्यस्त रहने गर्छन् । बिहान ९ बजेदेखि २ बजेसम्म प्याथोलोजी विभागमा कर्मचारीको ड्युटी तय गरिए पनि अधिकांश बिहान १० बजे आउने र हाजिर गरेर ११ बजे बाहिरिने गर्छन् । फेरि १ बजे आएर ड्युटीमा छु भनेर देखाउने र २ बजे निस्केर निजी काममा लाग्ने गर्छन् ।

विभागका प्रमुख मल्लिक नै हाजिर गरेर अस्पताल गेटअगाडि नै रहेको आफ्नो निजी ‘मल्लिक प्याथोलोजी’ मा गएपछि अन्य कर्मचारी पनि त्यसैगरी बाहिरिने गर्छन् ।

विभागका प्रमुख मल्लिक नै हाजिर गरेर अस्पताल गेटअगाडि नै रहेको आफ्नो निजी ‘मल्लिक प्याथोलोजी’ मा गएपछि अन्य कर्मचारी पनि त्यसैगरी बाहिरिने गर्छन् । विभागका एक कर्मचारीले भने, ‘सबै सिनियर कर्मचारी बिहान आएर हाजिर गरेर जान्छन् । बिरामीबाट कलेक्सन गरिएको स्याम्पल भोलन्टियर र जुनियरले परीक्षण गर्छन् । कतिपय रिपोर्टमा पनि जुनियरले नै हस्ताक्षर गरेर पठाउने गर्छन् ।
अस्पतालमा नियुक्ति पाएका ल्याब टेक्नोलोजिस्ट रामविनय साहको ‘विनय डाइग्नोस्टिक सेन्टर’, ल्याब टेक्निसियन ओम यादवको ‘ओम प्याथोलोजी’, रामसुफल यादवको ‘पवन प्याथोलोजी सञ्चालनमा छन् । त्यसैगरी ल्याब असिस्टेन्ट वसन्त मेहताको मेहता ल्याब सञ्चालित छ । यी सबै कर्मचारी अञ्चल अस्पतालमा काम गर्नुपर्ने समयमा आफ्नो निजी ल्याबमा समय दिने गर्छन् ।
अञ्चल अस्पतालमा प्याथोलोजिस्ट, मेडिकल टेक्नोलोजिस्ट, ल्याब निरीक्षक, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी गरी १५ जना कर्मचारी कार्यरत छन् । प्याथोलोजी विभागमा उपकरण पनि पर्याप्त छन् । निजीको तुलनामा यहाँ जाँच पनि सस्तो छ तर कर्मचारीको मिलोमतोमा ओपीडीका चिकित्सकले अस्पतालमा डाइग्नोसिस नलेखेर निजी प्याथोलोजीमा पठाउने र कर्मचारीकै प्याथोलोजीमा अस्पतालका बिरामीले महंगो दरमा जाँच गराउनुपर्ने अवस्था छ । श्रोत:अन्नपूर्णपोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter