च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समीकरण पूरा

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार राति भएको खेलमा अन्तिम १६ मा पुग्ने सबै टिमको टुङगो लागेपछि यो समीकरण पूरा भएको हो । समुह चरणको नतिजाका आधारमा सबै भन्दा धेरै ४ ईङ्लिस क्लबले नकआउट चरणमा स्थान बनाएका छन् । म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाईटेडसंगै टोटेनहम र लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

ईङ्लिस क्लब म्यानचेस्टर सिटी विजेता बनेर अर्को चरणमा प्रवेस गर्दा म्यान्चेष्टर युनाईटेड, टोटेनहम र लिभरपुल भने उपविजेता बन्दै अर्को चरण पुगेका हुन् । फ्रान्सबाट लियोन र पीएसजी तथा पोर्चुगलबाट पोर्टाेले अन्तिम १६ मा स्थान बनाए । ईटालीबाट रोमा र युभेन्ट्स अर्को चरणमा पुग्दा डच क्लबमा भने अजाक्सले अन्तिम १६ को टिकट पक्का पारे । स्पेनबाट बार्सिलोनासंगै रियल मड्रिड र एट्लेटिको मड्रिड अघिल्लो चरण प्रवेश गर्न सफल भए । अन्तिम १६ को ड्र डिसेम्बर १७ मा हुनेछ ।

अन्तिम १६ मा समूह ए : बोरुसिया डर्टमुन्ड (विजेता), एट्लेटिको मड्रिड (उपविजेता) , समूह बी : बार्सिलोना (विजेता), टोटनह्याम (उपविजेता), समूह सी : पेरीस सेन्ट जर्मेन (विजेता), लिभरपुल (उपविजेता), समूह डी : पोर्टो (विजेता), साल्के (उपविजेता), समूह ई : बार्यन म्युनिख (विजेता), आयाक्स (उपविजेता), समूह एफ : म्यानचेस्टर सिटी (विजेता), लियोन (उपविजेता), समूह जी : रियल मड्रिड (विजेता), रोमा (उपविजेता), समूह एच : युभेन्टस (विजेता), म्यानचेस्टर युनाईटेड (उपविजेता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *