चेम्जोङ मख्ख कोरिया कै सुन्दर टापुमा सुटिङ सम्पन्न भएपछि

सुमित्रा अश्रुधारा

यो गर्मी बिदामा सौल बाट एकदमै टाढा जेजुदो मा गएर सुटिङ सम्पन्न गरे निर्देशक हाङ चेम्जोङले । कोरिया को विभिन्न ठाउँ हरुमा आफ्नो सुटिङ सप्पन्न गराइ सकेका निर्देशक चेम्जोङले यस्पालिको गर्मी बिदामा कोरिया कै सुन्दर अनि पर्टकिय टापु जेजुदोमा पुगेर सुटिङ सम्पन्न गराएका थिए ।

कोरिया को एक मात्र स्थापित र चर्चित निर्देशक हुन हाङ चेम्जोङ। आफ्नो कोरिया बस्ने दिन छोटिदै गर्दा उनले कोरिया कै अत्यन्त सुन्दर नगरी टापु जेजुदो लाई पनि आफ्नो निर्देशनमा अटाए। कोरिया को सौल राजधानी बाट बाह्र सय किलोमीटर टाढा रहेको पर्यटकीय स्थल जेजुदो मा आज भन्दा अगाडि उनले सुटिङ गरेका थिएनन् । जेजुदो अन्तर्राष्ट्रिय बिमानस्थल वरिपरि तथा सानो सानो आइस्ल्याण्ड र ठुलो ठुलो मनमोहक हरियो चौरीहरुमा अनि समुन्द्री किनारा हरुमा सुटिङ सम्पन्न गराएका छन उनले ।कोरिया को राजधानी सौल बाट बाह्र सय किलोमीटर टाढा रहेको उक्त टापुमा सुटिङ सम्पन्न भैरहदा उनी यसपटक मख्ख पर्दै भन्छन 2 दिन लगाएर सुटिङ गरेका छौ सबैभन्दा उत्कृष्ट म्युजिक भिडियो बन्नेमा कुनै दुइमत छैन । यस म्युजिक भिडियो सुटिङ सम्पन्न गर्दा सम्म धेरै जनाले सहयोग गर्नु भएको मा आभार पनि प्रकट गर्दछन उनी यातायात मा बसन्ती लावती लजिङ फुटिङ्को लागि हामिलाइ एकदमै सहयोग गर्नु भएको छ सुभद्रा पालुङ्वा जि साथै डिजुङ्ग शेर्पा बैनिलाइ पनि आभार प्रकट गर्दछु भन्छन उनि। जेजुदो टापु कोरिया कै सबैभन्दा आकर्षक र सुन्दर तथा पर्यटनको हिसाब ले पनि उत्कृष्ट रहेको पनि जिकिर गर्छन उनी र एकपटक कोरिया आइसकेका हरु घुम्न जान पनि आग्रह गर्छन । म्युजिक भिडियो सुटिङ संग संगै आफ्नो टुर भएको मा पनि मख्ख छन उनी वारिको समुन्द्री किनारा बाट पारी.. पारी क्षितिजिय समुन्द्री किनारामा देखिएका राता घोडा हरु घाम ले वनाएको सिन्धुरे साझ लाई किनारमा राखेर समुन्द्री किनारमा तस्वीर लिरहदा एकदमै आनंद महसुस भएको पनि बताउछन उनी । भोगाइ हरुको सिंगो रुप जीवन भएको कारण यसपटक को जेजुदो टुर र सुटिङ समय पनि एउटा मीठो भोगाइ भएको बताउछन उनी ।

चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताब दास को आवाज मा रहेको उक्त गित मा अरुना लावती र मनिजङ्ग राइको कास्ट देख्न सक्नुहुन्छ तपाई हरुले। गितकार माङ्मु लोकधन ले लेखेका उक्त शब्दमा संगीतकार एरेञ्जर दिपक राज बिस्वकर्म ,क्यामेरा ड्रोन पाइलट तथा सम्पादन बिपि याम्फु , प्रड्युसर बिमन लिम्बू योङहाङ रहेका छन ।उत्त भिडीयो चाडैनै बजार मा ल्याउने बाताउछन निर्देसक चेम्जोङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter