गितकार सरोज चेम्जोङ्गको "झुक्यायौ कि ?"

 पौष २२, दक्षिण कोरिया पाँचथर स्थाई घर भइ हाल कोरियालाई कर्म थलो बनाई रहेका गितकार सरोज चेम्जोङ्को”सच्चै छु भन्थ्यौ झुक्यायौ कि”बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गितकार सरोज चेम्जोङ्गको शब्दमा सदाबहार गायक रामकृष्ण ढकालले स्वर दिएका छन भने अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बूको सुमधुर संगीत सुन्न सकिन्छ। प्रवासमा रहेर पनि गित संगित लाई माया गरि सक्रिय रूपमा कलम चलाई रहेका गितकार सरोज चेम्जोङ्गले यश भन्दा पहिला चर्चित गयिका मेलिना राईको स्वरमा”तिम्रै हातको सिदुर”र “हराई दिन छ मन”त्यसै गरि नरेश लिङ्देन र सुनिता थेगिमको स्वरमा रहेको “मेरो माया मन भरी अटाई देउ”बोलको गितहरुको म्युजिक भिडियो सार्बजनिक गरि सकेका छन भने मेघा स्टार राजेश पायल राईको आवाजमा सजिएको “हरायो मुटु मेरो आज”बोलको गितको म्युजिक भिडियो ल्याउने तयारीमा छन।
जनक सिंहको निर्देशनमा रहेको उत्त म्युजिक भिडियोमा एक कर्तव्यनिष्ठ राष्ट्र सेवकको रास्ट्र प्रेमसंगै ब्यक्तिगत प्रेम जिवनको वास्तविक चित्रण उतार्न खोजिएको छ।सनम काथ्यतक र कृष्टिना थापाको अभिनय,निशान घिमिरेको सम्पादन रहेको उत्त म्युजिक भिडियो उत्सव दाहालले क्यामारा जिम्मा लिएका हुन।

यी समाचार पनि पढ्नुहोस्