गायक इन्द्र शुसिलको “लाहुरे दाइको रेलिमाइले” चर्चा कमाउँदै

गायक इन्द्र शुसिलको “लाहुरे दाइको रेलिमाइले” चर्चा कमाउँदै

पूर्वेली लोकभाकामा चर्चित नाम हो इन्द्र सुशील चोङ्बाङ्। भर्खरै उनले पूर्वेली लोकगीत “लाहुरे दाइको रेलिमाई” बोलको गीत दर्शकमाझ पस्केका छन् र अहिले उक्त गीत चर्चाको शिखरमा छ। उत्तम खजुमको शब्द रहेको सो गीतमा गायक इन्द्र शुसिललाई गायिका जुनी खालिङले साथ दिएकी छिन्। गायक तथा संगीतकार इन्द्र शुशिलकै संगीत रहेको उक्त गीतमा बलाराम समालको संगीत संयोजन रहेको छ।

सिमिकलुङ दर्पणको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ। भिडियोलाई जीवन मुकारुङको छायांकन र सम्पादन रहेको छ भने मिना मादेनको निर्देशन रहेको छ। गीतको भिडियोमा सुम्निमा लिम्बू, इक्सा लिम्बू, रोजिना थेगिम र तृसणा नेम्बाङको अभिनय हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter