खुल्ला चौरमा भेटियो पुजाको शव

कैलालीको टीकापुर नगरपालिका- १ ब्लक नंं. १६ मा १६ वर्षीया पूजा थापा मृत अवस्थामा भेट्टीएकी छन् । मावली घरमा हजुरमा तुलसी रावलसँग बस्दै आएकि कक्षा १२ मा अध्ययन गरिरहेकी थापा शुक्रबार बिहान मृत फेला परेकी हुन् ।

उनी बस्ने घरदेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधिन घरको नजिकै खुल्ला चौरमा शव रहेको र किशोरीको मोवाइल, ज्याकेट चप्पल उक्त घरभित्र भेट्टीएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

पुजाको शव खुला चौरमा मृत अवस्थामा भेटिएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरु भन्छन् पूजाको मृत्यु रहस्यमय छ । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने उनीहरुको आशंका रहेको छ । टिकापुरको बसपार्क नजिकै रहेको एयरपोर्ट त्यहाँबाट पुजाको घर करिब २०० मिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ । घटनाको वस्तुस्थिति बुझ्न टिकापुर प्रशरी शुक्रबार बिहानैबाट खटिएको छ । पुजाको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ ।

१६ वर्षीया किशोरी पूजा थापा बिहिबार मात्रै सानी हजुरआमाको घरमा जान्छु भन्दै घरबाट निस्केकी थिइन् । उनको घरबाट नजिकै रहेको सानी हजुरआमाको घर गएकी उनले आफ्नो घरमा फोन गरिन् म त्यहाँ पुगिसके । तर, उनकी सानी हजुरआमाका अनुसार उनी त्यहाँ पुगेकी थिइनन् । पूजाको घरमा हजुरआमा र उनी मात्रै बस्ने गरेका थिए । मृतकका बुवा हर्कबहादुर थापा र आमा कामको शिलशिलामा भारतमा रहेका आफन्तले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको डिएसपी सिंहले बताए ।

यी समाचार पनि पढ्नुहोस्