खिम्हे सिस्टरहुड को आयोजनामा यस वर्ष पनि हरितालिका तिज भब्यताका साथ मनाईंदै

Online radio गोर्खाली द .कोरिया
खिम्हे सिस्टरहुड द्वारा २०१९ सेक्टेम्वर १ आईतबार दिन दक्षिण कोरियाको खिम्हे शहरमा अवस्थित लुम्विनि क्लब एण्ड लाइभ बार मा तीज कार्यक्रमके आयोजना हुन गइरहेको छ ।उत्त कार्यक्रमको बिशेष् आकर्षण रहनेछ नेपालबाट आउनु भएका चर्चित लोकदोहोरी कलाकार गङ्गा पुन मगर र पुनम थापा मगर को बिसेष प्रस्तुति रहने छ भने स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुतिमा रम्न सक्नुहुनेछ ।कार्यक्रमको आकर्षण हरुमा गित संगीत मात्र नभएर मिठो मिठो नेपालि खानाको परिकार हरु पनि रहनेछन् ।त्यस दिनको दर स्पेसल रहने बताउनु हुन्छ सिस्टरहुड की अध्यक्ष सुजाता बस्नेत ।अझ उहाँ कुरा थप्दै भन्नुहुन्छ
उपस्थित मधये एक महिलाले “सर्वोत्कृष्ट पहिरन” को उपाधी समेत पाउनुका साथै एक आकर्षक पुरस्कार पनि बिजेतालाई प्रदान गरिने छ । उहाँ अझै अगाडि भन्नुहुन्छ की यस तीज कार्यक्रमको
उदेश्य भनेको प्रवासी महिला दिदीबहिनी बीच एकता ,आत्मियता बढाउनुको साथसाथै नेपाली चाडपर्व र संस्कृति संरक्षण गर्नु पनि हो।कार्यक्रम दिउसोको १२ बजेबाट शुरू गरी साँझ ६ बजेसम्म मनाइने जानकारी प्राप्त भएको छ।