कोरियामा सोनाम ल्होसार कार्यक्रम सम्पन्न, ह्योल्मोका वरिष्ठ कलाकार डोमा ह्योल्मो सम्मानित

sonam dongba hyolmo( south korea)
ह्योल्मो सम्पर्क समिति द.कोरियाले सलनालको दोस्रो दिन 25 जनवरीमा २१४७ अौँ च्याग फो ज्यिल्हो सोनाम ल्होसार ल्हाब्सोल कार्यक्रम सम्पन्न गर्दै ह्योल्मोका वरिष्ठ कलाकार डोमा ह्योल्मोलाई सम्मान गरिएको छ।

ह्योल्मो जातिको महान चाड सोनाम ल्होसार विश्वको जुनसुकै कुनामा रहे पनि, जुनसुकै अवस्थमा रहे पनि हाम्रो संस्कृतिलाई जोगाउनु हाम्रो कर्तव्य हो त्यसैले यस वर्ष पनि सोनाम ल्होसार आफ्नै मौलिक विधिहरु पुरा गर्दै मनाएका छौ भन्नु हुन्छ अध्यक्ष कान्छा बाबू ह्योल्मो। यस वर्षको कार्यक्रमलाई भव्य बनाउन अल्पसंख्यक ह्योल्मो जातिलाई आफ्नो कला र गला मार्फत चिनाउदै आएकी ह्योल्मोका वरिष्ठ कलाकार डोमा ह्योल्मोलाई आमन्त्रण गरि उनले आफ्नो जाती, क्षेत्रप्रती कलाकारीता मार्फत पुर्याएको योगदानको उच्च कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ द कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, ह्योल्मो सम्पर्क समिति द कोरियाका अध्यक्ष कान्छा बाबु ज्यावा ह्योल्मोले संयुक्त रूपमा सम्मान गरेको थियो।
नयाँ वर्षको चिनारी दिने धार्सिङ (ध्वाजा)उठाइ सङ,सेर्किम र धार्मिक विधिबाट सुरु भएको यस कार्यक्रममा ह्योल्मो परम्परा झ्ल्कीने गीत, नृत्य साथै बाबर (चामलको रोटी), खप्से, तरकारी र छ्याङ्गुल (चामलको जाडको) विशेष महत्त्व रहेको थियो। यस वर्ष वरिष्ठ कलाकार डोमा ह्योल्मोको धमधार प्रस्तुतिले अविस्मरणीय ल्होसार बनेको थियो। साथै कार्यक्रमका सहभागीहरुले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाएका थिए। अन्तमा Dj पनि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *