कृषि क्षेत्रका कामदार कोरिया जान रोकिए, यस वर्ष भाषा परीक्षा नहुने

काठमाडौं, १ माघ । दक्षिण कोरियामा यस वर्ष कृषि क्षेत्रका लागि कामदार पठाउन समस्या भएको छ । मौसमअनुसार काम हुने र हिँउ पर्दा काम नहुने भएकाले कृषि क्षेत्रका लागि भोषा परीक्षा पास भएका अधिकांश युवा कोरिया जान पाएका छैनन् ।
कोरियन भाषा पास भएका करिब साढे ५ हजार युवा कोरिया जान नभएको हो । मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका अधिकांश युवा रोकिएका हुन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाले म्यानु फ्याक्चरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लैजाँदै आएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ मा भाषा परीक्षामा पास भएकामध्ये दुई हजार कामदार जना पाएका छैनन् ।
सन् २०१७ मा पास भएका फेब्रुरीसम्म कोरिया जान समय बाँकी रहेको छ । भाषा परीक्षा पास गरेको व्यक्ति कोरियन रोजगारीका लागि रोस्टरमा बस्नुपर्छ । रोस्टरमा प्रवेश गरेको दुई वर्षभित्र कोरिया गइसक्नुपर्ने प्रावधान छ । तर, पास भएर रोस्टरमा रहेका कामदार समेत माग नआएपछि कोरिया जान पाएका छ्रैनन् ।
सन् २०१८ मा पास भएकामध्ये कृषि क्षेत्रकै तीन हजार कामदार बाँकी छन् । ती कामदार एक वर्षभित्र जाने ईपीएस शाखाले जनाएको छ । सन् २०१९ मा उत्तीर्ण भएकाको डाटा इन्ट्रीको काम सुरु भएको छ ।
नेपाल सरकारले बर्सेनी ७ हजारदेखि ८ हजार कामदार कोरिया पठाउँदै आएको छ । कोरियाले १६ मुलुकबाट वार्षिक ५० हजारभन्दा बढी कामदार लैजान्छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले पछिल्लो समयमा कृषि क्षेत्रमा पास भएका कामदार कोरिया पठाउन समस्या भएको बताएका छन् । पुराना रोकिएका नपठाएसम्म कृषि क्षेत्रका लागि कोरियन भाषा परीक्षा नहुने भएको हो । महानिर्देशक भुसालका अनुसार सन् २०२० मा परीक्षा लिँदा कृषि क्षेत्रका लागि परीक्षा नलिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter