किरात यायोख्खा दक्षिण कोरियाद्वारा ब्याकुल र मुकारुङलाई सम्मान

सियोल, १३ माघ । किरात राई यायोक्खा दक्षिण कोरियाले यही २० जनवरीमा दक्षिण कोरियाको सियोलस्थित ‘स्रष्टा सम्मान कार्यक्रम’ गरेको छ । निक ट्राभलको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माईला), साहित्यिक ‘सिर्जनशिल अराजकता’का अभियन्ता एवं मदन पुरस्कार विजेता राजन मुकारुङलाई सम्मान गरिएको छ ।
किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष पदम दुमी राई, संस्थापक तथा संरक्षक सेसाहाङ राई, ध्यानबहादुर राई र संस्थाका बरिष्ठ सल्लाहकार अमृत राईद्वारा संयुक्तरुपमा ताम्रपत्रसहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरिएको थियो ।
लेखक तथा कवि स्वाप्नील स्मृति, बिना थिङ तामाङ र गायिका बविना किरातीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व गरेका किरात राई यायोक्खाका अध्यक्षले नेपालका प्रभुत्व ब्यक्तित्वहरुलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा ब्याकुल माइलाले किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रीय कार्यसमितिद्वारा सम्मानित हुन पाएकामा खुसी ब्यक्त गरे । उनले कर्मशील प्रवासी किरातीहरुलाई आभार व्यक्त गरेका थिए भने अर्का सम्मानीत व्यक्तित्व साहित्यकार मुकारुङले समाजिक तथा संस्कृतिक परिवर्तनका लागि आफूले कलम चलाइरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *