कियाचु बुसान दक्षिण कोरियाको अध्यक्षमा दिवा वरुम्हाङ लिम्बु

बुसान (दक्षिण कोरिया), २७ माघ । किरात याक्थुङ चुम्लुङ बुसान (कियाचु) दक्षिण कोरियाको तेस्रो अधिवेशनले महिला नेतृ दिवा वरुम्हाङ लिम्बुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकोे छ ।
किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सेल्टर भवनमा आइतबार सम्पन्न अधिबेशनले दिवाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । जसमा उपाध्यक्षमा नफिसा लिम्बु, याम लिम्बु, सचिबमा सञ्जोग कन्दङवा, उपसचिबमा टिकाराज पन्धाक र कोसाध्यक्षमा बिर्बल केरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शुक्रराज कन्दङवा, सानु कन्दङवा, भुपाल योङ्हाङ, मेन्सन लिम्बु, बिरेन्द्र आङदेङबे, सन्तोश लिम्बु र सुगम जबेगु सर्बसम्मत चयन भएका छन् । कोषाध्यक्ष बिर्बल केरुङ पुनः सोही पदमा चयन भएका हुन् ।
कार्यसमिति १९ सदस्यीय बनाउने योजना भएपनि वरिष्ठ उपाध्यक्षसहित ६ जना कोरियाको बिभिन्न क्षेत्रलाई समेट्दै पुर्ण १९ सदस्यीय कार्यसमिति गठन गर्ने अध्यक्ष दिवा वरुम्हाङ लिम्बुले जानकारी दिइन् ।
कार्यक्रम खुला सत्र र बन्द सत्र गरी दुई भागमा सञ्चालन गरिएको थियो । खुला सत्रअन्र्तगत निवर्तमान सचिव चिन्तित कन्दङवाले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अथिति किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष मिराक पन्धाक ‘अग्नि’, बिशेष अथिती सागर माङ्मो रहेका थिए भने कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष किरण कन्दङवाले गरेका थिए ।
कार्यक्रममा उपसचिब डम्बर सुब्बाले स्वागत मन्तव्यसँगै दोस्रो अधिवेसनबाट हालसम्म संस्थाका आयब्यय (आर्थिक प्रतिबेदन) कोषाध्यक्ष बिरबल केरुङले पेस गरेका थिए । जसअनुसार एक कार्यकालको आर्थिक विवरण आय जम्मा ६६२८०१९१ वोन, साथै खर्चतर्फ ५६५८७४४९ वोन र बाकी कोषमा ९६९२७४२ वोन रहेको जानकारी गराए । सुरुमा अध्यक्ष पदका लागि तीन जनाको दाबी परेसँगै पेचिलो बनेको थियो । तर, बुसानमा अहिलेसम्म महिला नेतृत्व नभएको भन्दै दिवालाई सर्वसम्मत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *