कालोराडोमा जब गुञ्जिए सर्जकहरु

काठमाडौं, २० माघ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सरस्वती पुजा र रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
च्याप्टरका अध्यक्ष तारा अधिकारीको सभापतित्वमा कोलोराडोको थ्रोटन शहरमा आयोजित कार्यक्रममा अभिभावकहरुले आफ्ना बालबालिकाहरुसहित बाक्लो उपस्थिति जनाएका थिए ।
अगान्तुकलाई च्याप्टरका महासचिब सम्झना आचार्य खनालले स्वागत स्वागत गरेकी थिइन् । किरण अधिकारीले सञ्चालन गरेको कार्यक्रमको पहिलो चरणमा बिद्याकी देबी सरस्वतिको तस्विरमा फुलको गुच्चा भेटी चढाइएको थियो ।
कार्यक्रममा बालबालिकालाई कापी–कलम समेत बितरण गरिएको थियो । कार्यक्रममा बालबालिकाले नेपाली पोषकमा नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा समिर आचार्य, केनु उपाध्याय, यसोदा भट्ट, श्रीराम लुइँटेल, आचार्य प्रभा, सम्झना आचार्य, भुपेन्द्र महत, हरिभक्त कटुवाल, वासुदेव खनाल, पदम बिश्वकर्मा, दिपक गौतम, धना पौडेल, निर्मल प्याकुरेल, प्रमिला शर्मा, केशब आचार्य, बिजयराज शर्मा, दामोदर लुइँटेललगायतका सर्जकहरुले सिर्जना वाचन गरेका थिए । कार्यक्रममो विर्सजन अनेसास कोलोराडो च्यापटरका अध्याक्ष तारा अधिकारीले गर्दै सबैलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *