कविले ल्याए भ्यालेन्टाइनलाई ‘मुटुभरी…’ (भिडियोसहित)

काठमाडौं, २४ माघ । धरान र हङकङ बराबरी जसो बस्दै आएका धराने गायक कवि राईले यस पटकको ‘भ्यालेन्टाइन–डे’लाई लक्षित गर्दै नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको’ बोलको उक्त प्रेमिल गीतमा अभिनय पनि गायक स्वयमको छ ।
प्रेमीकाको सम्झना गर्दै गाइएको उक्त गीतको भिडियोलाई मनोज चाम्लिङले निर्देशन तथा छायाँकन गरेको छन् । १४ फ्रेबु्रअरी अर्थात ‘भ्यालेन्टाइन–डे’को पुर्व सन्ध्यामा उक्त भिडियोलाई सिल्भर इन्टरटेनमेन्टले युट्युब च्यानलबाट रिलिज गरेको हो । गायक कविले केही महिनाअघि मात्र ‘मत कुनै फुल’ बोलको गीत सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *