कविता बस्ती बिम्ब

सुमित्रा अश्रुधारा
काठमाडौ

उफ कस्तो गरि सुनसान यो शहर
मानबता बोकेका केही मन
शहर बाहिर निस्किएर होला…………

चकमन्ताको एक लहर
मेरो निन्द्रा चोरेर भाग्यो
खै के के खेल्यो मनमा
निदै परेन………

खुब सम्झिरहेको छु
सरङमा झुंडाएको सुगुरको सिकुटी
तप तप झरेर तीन चुला
चोख्याएको बोसोको तेल ले
र रित्तिएको छ महिना अघि को वासुम …

अस्ति न म पुग्दा झरिले
रुझाइ राखेको त्यो बस्ती
भर्खर भर्खर लहलहाउदै गरेको त्यो धान बाली
न्वागिमा नचढाइ खान हुन्न है भनेर
भर्खरै छिपिदै गरेको अदुवा …………

तल तिर आफ्नै गतिमा बगेको पिलुवा
माथी माथी मुस्कुराउदै गरेको मकालु
पारी तिर क्षितिज मा होकि होकि लाग्ने टेम्के डाडा………
पहिलो पल्ट मुटु साटेको प्रेमी संग
घन्टौं झुन्डिएको त्यो फोन डाडा………
आँखा भरि फुत्त फुत्त कोरिरहेका छन
आज बस्ती बिम्ब

छिपिदै गर्दा यो रात
नपर्दै गर्दा मेरा निद हरु
फेरिसकेको मेरो जीवन चक्र
खुब सम्झिन्दै छु म…………
छ महिनामा केही दिन दिन
आराम गर्न माइत आउनु भएको
निनि हरु………
बैसाखे पुर्णिामा मा आएर
आफ्नै घर फर्किनु भएका निनि हरु

प्रीय बस्ती म पनि आउने छु अर्को दशैमा
एक थुन्से खुशी हरु भरेर राख्नु
खुब अमन भएकी छु
शहरका चटपटे पानी पुरिले
अब मुख फेर्नु छ
तिम्रै सामिप्यतामा निचोरिएको
कोदोको रस ले

आज सम्झिए एक लहर गाउँ
सुनसान शहर र
निन्द्रा नपर्दा को यो पल
कोरिरहेको छ कल्पना शक्तिले
बस्ती बिम्ब
पर पर पुगे………
जहाँ बाट आएको थिए
हो त्यै मेरो धरातल
मेरो गाउँ ………
तीन चुला………
सुगुरको सिकुटी
र छ महिना अघिको कोदोको जाड

काठमाडौ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter