कल्पना माबोको सम्योजक मा मिथुन हाङ्गाम लिम्बु लाई दक्षिण कोरिया बाट रु : २,४८,८०० सहयोग

 

ताप्लेजुङ लिङ्तेप तथा मिरिङ्देन-4 का मिथुन हाङ्गाम लिम्बु जो की हालमा “ट्रान्फर मैलाटिज” नामको रोग लागेर जीवन र मरण सँग लडीरहनु भएकोे छ। बिरामी कमरबाट मुनि शरीरको सबै भागहरु नचल्ने भएको छ। गत तिन बर्ष देखी बिरामी भएकोले उपचारको लागी आफ्नो जग्गा जमिन सबै धरौटिमा भएकोेले हालमा घर नभई झापामा आफ्नो आफन्तको घरमा बसिरहनु भएकोे छ। उपचार गर्ने क्रममा बिरामी घरबिहिन भइ अझै पनि उपचार गर्ने पैसाको अभाव रहेकोले दक्षिण कोरिया बाट कल्पना माबो लिम्बु को संयोजकत्वमा पन्ध्रदिने मिथुन बचाउ अभियान चलाइ नेपाली रकम रु. दुर्इ लाख अडचालिस हजार आठ सय(2,48,800) रुपैयाँ संकलन गरी बिरामीलाइ हन्तान्तरण गरिएको छ। कल्पना माबोले भन्नु हुन्छ “हामीले यो 15दिने अभियानमा यती धेरै रकम संकलन गर्न सकेउ र हामीलाइ बिस्वास गरी सहयोग गर्नुहुने सम्पूर्ण खुला मन र दयाका खानी भएका सहयोगि महानुभवहरु सबैलाइ धेरै धेरै धन्यबाद दिनु चाहन्छौ र आगामी दिनहरुमा फेरीपनि सहयोग को आसा गर्दछौ। भन्नु भएकोे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter