कथा: छोरीको जिन्दगी

★ दिपा धिताल★
निता भर्खर सोह्र वर्षमा लागेकी थिई घरमा उसको बिहेको कुरा चलाइयो, उसले भनी म अँझै बिहे गर्दिन म धेरै पढ्न चाहन्छु । निताको कुरा सुनेर उसका बाबा आमाले भने – छोरी मान्छे बिहे गरेर जानुपर्छ उमेर पुगेपछि माइतीमै बस्यो भने समाजले कुरा काट्छ तैले अब बिहे गरेर जानैपर्छ । के गरोस निता निकै सोझी मान्छे उसले आफ्ना बा आमाको कुरालाई नकार्न सकिन र ऊ नचिनेको मान्छेसँग बिहे गरेर पराई घरमा गई । पहिला त उसलाई राम्रै भयो पराई घरमा तर समय वित्दै जादा उसको जीवनमा आधिबेहरीले घेर्ना थाल्यो उसले जवरजस्ती पन्छ्याउने कोसिस गरी तर के नै लाग्थ्यो र निर्दोष जननीको । जीवनभरी सँगै जिउने सँगै मर्ने बाचा कसम खाएर अग्नी साक्षी राखेर बा आमाले नै कन्यादान गरी दिएको जीवनसाथी नै घाती, बर्वादी भएपछि कसको के नै लाग्छ र ? शायद निताले पहिले नै उसको बानी व्यवहार थाहा पाएको भए उसले बिहे नै गर्ने थिइन । फेरि उसले कहाँ गरेकि होर उसका बा आमाले जबरजस्ति गराइदिएका हुन् उसको बिहे ।
बा आमा पनि किन यति निष्ठुरी बन्छन् ? किन छोरीहरूलाई पराई घरमा मात्र जाने जात हो भनेर छोरीहरूका इच्छा चाहनाहरू बुझ्दैनन् ? पराई घर कस्तो छ ? छोरीको जीवन साथीको बानी व्यवहार कस्तो छ ? नबुझेरै धनी हुनेखाने छ भनेर किन हुत्याउछन् छोरीलाई ? फेरि छोरीको भविष्य नहेरेर धनको पछि मात्र किन लाग्छन् ? किन समाजको पछि लाग्छन् ? यो समाजले पनि छोरी माथि नै किन औला ठड्याउछन ? के छोरीलाई पनि स्वतन्त्र रुपमा हिड्न पाउने अधिकार छैन ? यावत प्रश्नहरूको जवाफ दिने को छ ?

फेरि फर्कियो उही साउन र भदौ जहाँ हिलो,पानी,आँधी भेरीमा लटपटिदै हिड्न पर्ने । जिन्दगी पनि कस्तो जिन्दगी । सुःख भोग्न नपाउदै सधैभरी दुःखका समुद्रका छालहरूमा घेरिरहनु पर्ने ।

सायद निताको बा आमाले यो कुरा बुझेको भए उसले आज दुःख पाउने नै थिइन । उसको जीवनमा ढुङगा र मुढाहरू वर्षने थिएनन् होला । बीचरी सोझी निता आफ्नै लाग्नेको अमानवीय व्यवहारबाट ऊ निकै आजित भइसकि । के गरोस माइतीमा जाओस त घर गरेर खाना नसक्ने भनेर माईतीले छि छि र दुर्रदुर्र गर्छन् । घरको लोग्नेको त्यो चाला छ दिभर कुकुर झै डुलेर जाँड रक्सी खाएर घरमा आउछ नितालाई हकार्छ कुट्छ पिट्छ तर पनि उसले सहन्छे भएन भनेर एउटी जननीलाई पुरुषहरूको सुखभोग सम्झेर आफ्ना साथीहरूलाई समेत निता कहाँ पठाइदिन्छ । निता त्यो कुकुर लोग्नेको व्यहारबाट पन्छिन खोज्छे अनि फेरि उसको पिटाई सहन बाध्य हुन्छे ।
कोही पुरुषहरू किन यति दानवभन्दा भयानक बन्छन् । पुरुषको मात्र के कुरा गरौँ कति महिलाले महिला माथि नै क्रुर व्यवहार किन देखाउछन् । एउटी नारीलाई अर्की नारीले दिनु पर्ने जुन साथ सहयोगको सट्टा किन शत्रुताको व्यवहार देखाउछन् । निता लोग्नेको मात्र सिकार नभएर घरकै अामाजु सासूको व्यवहारबाट पनि निकै पीडित भइसकेकी छ । ऊ राम्रोसँग निदाउन पनि पाउदिन । निदाउनु त के पेटभर खान पनि पाउदिन ।उसको अामाजु नन्द सासूले नै उसलाई पेटभरी खान पनि दिदैनन् । बरु कुकुर भुक्यो भने कुकुरले खाना पाउँछ तर त्यस घरमा निताले पेटभर खाना पाएको दिन कहिल्यै छैन । त्यसलाई काममा मात्र जोताइन्छ । एकदिन त ऊ मर्न भनेर डोरी बोकेर जङ्गलतिर जान्छे मर्न भनेर रुखको हाँगामा डोरी झुन्ड्याएर घाँटिमा के बेर्न थालेकि हुन्छे ठिक त्यसैबेला कसैले देख्छ र उसलाई बँचाउँछ । त्यसबेला मृत्युले पनि देखेन अन्धो भएछ क्यारे निता बोल्छे । आखिर निता किन त्यो सब सहन बाध्य हुन्छे । के तपाई जान्न चाहानुहुन्छ ? निताको कथा । किनकि नितालाई माइतिको डर छ । घर गरेर खाना नसक्ने अल्छी भनेर, समाजको डर छ लोग्ने सासूका मुखामुख लाग्छे घर गरेर खाना सक्दिन भन्छन् कि भनेर । त्यसैले ऊ चुपचाप त्यो सब सहन बाध्य हुन्छे ।

आफ्नो अस्तित्वको रक्षा आफैले गर्नु । राधा र द्रौपदीले झैँ निरीह बनेर हैन, दुर्गा बनेर आफ्नो जिन्दगीको रक्षा आफैले गर्नु

समय वित्दै जान्छ निताले बिहे गरेको वर्षदिन पुगेको छैन । त्यो घरको कुकुरको जस्तो व्यवहार सहदा सहदै उसको अनुहार नै बदलियो । पहिले कि जस्ती निता भइन । हुनु पनि कसरी, राम्रोसँग साझ निदाउनु छैन, पेटभरी खाना पाउनु छैन । सधैभर घरमा पनि नोकर झै दलिनु पर्छ । निता एक दिन घर छोडेर माइती मै बस्न आई माइतीमानै बा,आमा दाजुभाइ,दिदी बहिनीहरूले नै अमानविय व्यवहार गर्छन । धेरै दिन ऊ माइतीमा पनि बस्न सकिन ।
निता त्यो घर माइती छोडेर फेरि अर्को घरमा बिहे गरेर जान्छे । नजाओस पनि कसरी उसलाई बसीसहनु कहीं पनि छैन । उसका लागि कोही भएन, आफ्नो न बाआमा नै भए न दिदीवहिनी न लोग्ने नै भयो । उसलाई पहिला फकाएर एक्लै छ एक वर्ष पहिला स्वास्नी बितेको अरु कोही छैनन् भनेर फेरि बिहे गरादिन्छन् आफन्तहरूले । निताले एक हप्ता पछि थाहाँ पाउछे उसका त चारभाइ छोराछोरी छन् भनेर । फेरि पनि उसको जीवनमा हुरी, आँधी तुफानसँगै आउछ । पहिलेको लोग्नेबाट त्यस्तो दोस्रो लोग्ने पनि त्यस्तो विधिको विधान र कर्मको लेखान कसले नै मेट्न सक्छ र,निताले मेट्न त खोजेकि हो तर सकिन । जे जस्तो भए पनि दोस्रो लोग्ने सिपाही भएको कारण त्यही घरमा दोस्रो लोग्नेसँग पहिलेभन्दा अली सुख्खका साथ बस्न थाली ।
निताले समयलाई पन्छयाउदै गई । जीवनलाई अली जीवन जस्तो बनाउदै गई । समय पनि वित्दै गयो अलि सुःखका दिन फिर्दै गए निताले आफ्नो कोखबाट एउटा सन्तानलाई पनि जन्म दिई । अब त निताले सुःख र सन्तोष पाउने भई र्, कतिले भन्न नपाउदै फेरि फर्कियो उही साउन र भदौ जहाँ हिलो,पानी,आँधी भेरीमा लटपटिदै हिड्न पर्ने । जिन्दगी पनि कस्तो जिन्दगी । सुःख भोग्न नपाउदै सधैभरी दुःखका समुद्रका छालहरूमा घेरिरहनु पर्ने । बिहे गरेको केही वर्ष पछि फेरि निताको लोग्ने बिरामी पर्यो, उसका दुइवटै मृगौला खराब देखिए निताले लोग्नेलाई बचाउनको लागि धेरै ॠण काढेर भएपनि लागि परी तर बचाउन सकिन दैवले उबाट पनि खोसेर लगिदियो । किन नितालाई मात्र दुःख दिन्छ दैवले नि, पटक पटक किन बैरी बनेको छ ऊसँग ईश्वर पनि ? पहिलो जीवन साथीबाट कुकुरको व्यहार सहनु पर्यो दोस्रोबाट यौवनमै विधवा हुनुपर्यो ।
निताले लोग्नेको उपचार गर्दा कारेको ॠण धेरै छ तिर्नुपर्ने, कसरी तिर्ने ? ऊ बहुला जस्ती हुन्छे । उता छोरालाई पढाउनुछ उपचार गर्दा लागेको ॠण तिर्नुछ । माइतीमा दिदीबहिनी दाजुभाइ बा आमा सबैबाट ऊ घृणित भइसकेकी छ । मोमाइलमा घन्टी बज्छ पटक पटक उठाउछे ॠण लगेको तिर्ने होइन ? कहिले हो तिर्ने ? अरुको रिन खान मजा आउछ के हो ? तिर्ने भए तिर्ने नत्र…….नाना थरीका आरोप अश्लील शब्द । एउटी दुखी असहाय एकल नारीलाई बोल्नु र गर्नुपर्ने व्यवहार कत्ति पनि छैन । पैसा मात्र जिन्दिगी सम्झनेहरूले यसै बोल्छन् । निता चुपचाप सहन बाध्य हुन्छे । सिपाही भएको कारण लोग्नेको पेन्सनले उसले सके जति ॠण तिरेकै छे तर पनि पुगेको छैन । उसलाई जसरी नि ॠण तिर्नुछ ।आजभोली ऊ एउटा बोर्डिङ स्कुलमा केटाकेटीलाई हेर्ने खाना पकाउने भाँडा मिस्ने काम गर्छे । स्कुलले पनि उसलाई हेरेको छ, छोरालाई निसुल्क पढाइदिएको छ । निता निकै सोझी छे । जे जस्तो भए पनि ऊ सहेरै बसेकी छ अलि अलि गर्दै ॠण तिरेकै छे ।
निता तिमीले इमान्दिारीताका साथ काम गर्नु । छोराको भविष्य बोकेर हिड्नु । मानव भनिने दानवहरूको व्यहारबाट बच्नु । आफ्नो अस्तित्वको रक्षा आफैले गर्नु । राधा र द्रौपदीले झैँ निरीह बनेर हैन, दुर्गा बनेर आफ्नो जिन्दगीको रक्षा आफैले गर्नु एक दिन तिम्रो पनि पालो अवश्य आउनेछ । तिमीलाई आज कुल्चिएर हिड्नेहरूले भोलि तिम्रो खुट्टा ढोग्न आउनेछन् । धैर्य गरेर बस्नु , सघर्ष गर्नु, तिम्रो पनि सुःखको दिन अवश्य फिर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter