कठै त्यो महल्ला

कठै त्यो महल्ला


अस्ताउनै लागेको घाम सगै
चिरबिर चिरबिर चराको आवाज
यताउति हेर्छु मान्छेको हुल
ए एता कोहि मर्यो
उता आवाज को मर्यो
फलानो मर्यो
उस्को आमा मर्यो
शब्द शब्दाका बहरहरु
एकनासले आज झल्किराछ

रुवाईको कोहल्ला
मान्छेहरुको मोहल्ला
तन्नामा बेरेको लास
बिउझिन्छ कि आश
दर्कानो पानी सगै
बरबर झरेको आशु
टुहुरा छोरा
आमाको शिर समाईरहेको छ
उठ्नुन एकचोटी भनिरहेको छ
खुट्टा ठटाउदै चिच्याउदै छ
कठै त्यो महल्ला

बस आशु झर्दै छ
आशहरु मर्दै छ
पुर्पुरोम हात राखी
छोरी दैबसग लड्दै छ
म हेरिराको छु एकनासले
आशु पुछिराछु एकहातले
हात खुट्टा गल्दै छ
म पछि पछि सर्दै छु
रुन्न भन्छु रुदै छु
पिढा हुदै छ मनमा
आको सल्किराछ तनमा
फलानोहरुको कोहल्ला
कठै त्यो महल्ला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter