‘ए’ डिभिजन लिगको सातौँ चरण खेल शुक्रबारदेखि

काठमाडौं, २ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।
मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अङ्क जोडेको छ । मछिन्द्रले चार खेलमा जीत तथा दुई खेलमा बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३ औँ स्थानको शेर्पाले छ खेलमा दुई हार र चार बराबरीसहित चार अंक जोडेको छ ।
त्यस्तै समान १३ अंक नै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साविक विजेता मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छ । मनाङ्को १२ अंक छ । छैटौँ चरणको खेल समाप्तिसँगै १० अंक जोडेको थ्रिस्टार क्लब चौथो, नौ अंक जोडेको जाउलाखेल क्लब पाँचौँ, आठ अङ्क जाडेको न्यूरोड टिम (एनआरटी) छैटाँै, समान आठ अंक नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा आठ अंक नै रहेको संकटा क्लब गोलअन्तरका आधारमा आठाँै स्थानमा छ ।
त्यस्तै सात अङ्कका साथ व्रिगेड व्वाइज क्लब नवौँ, छ अंकका साथ च्यासल युथ क्लब दशौँ, पाँच अंक रहेको सशस्त्र प्रहरी बल (एपिएफ) एघाराँै, समान पाँच अङ्क नै जोडेको फ्रेण्डस क्लब बाह्रौँ स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौँ स्थानमा छ । एक अंकमात्र जोडेको सरस्वती युवा क्लब अन्तिम स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter