एटलान्टामा सेप्टेम्बरमा हुन लागेको “पहिलो ग्लोबल नेपाली हेल्थ कनफरेंस”।।।

Online radio गोर्खाली द .कोरिया

गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको ‘ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी’ र एनआरएनको आयोजनामा अमेरीकाको एट्लान्टा शहरमा यही सेप्टेम्बर 20-22, 2019 मा ‘पहिलो ग्लोबल नेपाली हेल्थ कन्फरेंस’ हुन गईरहेको एशिया प्यासिफिक क्षेत्रका महिला संयोजक जुनु गुरुङ ले बताउनु भएको छ ।ड•सन्जीव साप्कोटा को अध्यक्ष हुनुहुन्छ भने जुनु गुरुङ उपाध्यक्ष हुनुहुन्छ ।

सो सम्मेलन आयोजना गर्नको लागि एनआरएनए आईसीसीका ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीका संयोजक डा. संजीव साप्कोटाको संयोजकत्वमा बिभिन्न देशमा बस्ने स्वास्थ्य प्रोफेस्नल्स एवं एनआरएनए अभियन्ताहरू सम्मिलित एउटा मुख्य आयोजक समिति बनेको छ।

बिदेशमा सिकेका स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव र प्रबिधीहरूलाई कसरी स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरूको स्वास्थ्य रहन
सकिन्छ भन्ने बिषयमा सो सम्मेलनमा बृहत् छलफल हुनेछ। सो सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र र प्यानल डिस्कसनबाट निस्केका निश्कर्षहरू निकालिने छ। बिषयगत छलफलका अतिरिक्त सो कार्यक्रममा सामान्य हेल्थ चेकअप, ल्याब टेस्ट, योग, ताईची, मेडिटेसन, रनिंग, वाकिंग, माउन्टेन हाइकिंग, सीपिआर/एईडी तालिम आदिको पनि आयोजना गरिनेछ।

पहिलो नेपाली हेल्थ कन्फरेंसलाई सफल बनाउन को लागी अमेरीकन सरकारको सेन्टर फ़ोर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC), सोसाईटी अफ अमेरीकन नेपलीज नर्स (SANN), ब्लड डोनर्स अफ अमेरीका, नेपाली कल्चरल सेन्टर (NCC) एटलान्टा, नेपलीज एसोसिएशन अफ जर्जिया (NAG), ग्रेटर एटलान्टा बैदीक मन्दिर (GAVT) स्टार स्कोलार नेटवर्क (STARscholar), ईक्वालिटी फ़ाउन्डेशन (EQ) लगायतका अन्य संघसंस्थाहरूले सहयोग गरिरहेकाछन।

सो कार्यक्रममा अमेरीका लगायत द•कोरिया अस्ट्रेलिया, युके, दक्षिण कोरिया, न्यूजिल्याण्ड, क्यानाडा, अफ्रिकाका साथै अन्य बिभिन्न देशमा बसोबास गर्ने चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक तथा एनआरएनए अभियन्ता लगायत सर्बसाधारणहरूको बाक्लो उपस्थिति रहने अनुमानछ। तपाईहरू सबैलाई उक्त कार्यक्रममा निमन्त्रणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter