एक बिटो सपना का कवि रबिन्द्र दिखुक्पा बिजयी टोकियो मा कविता प्रतियोगिता सप्पन्न

पुर्बी नेपाल बिकास सहकार्य केन्द्र टोकियो जापन को आयोजनामा भएको जापन ब्यापी खुल्ला कविता प्रतियोगितामा सम्पुर्ण कबि हरुबाट टप बीस मा छनोट हुँदै प्रथम भए खोट्टाङ्गे कवि रबिन्द्र दिखुक्पा “एक बिटो सपना” साथै दितिय हुन सफल भइन सबिना रेग्मी “आमा रुवायौ” तृतीय विमान किराँती प्रबासी चराहरुको सपना अनि सान्त्वना हुन सफल भए दिप मुस्कान “सुन्दर नेपाल”। पुरस्कार राशी प्रथम लाई 31 हजार दितिय लाई 21 हजार तृतीय लाई 11 हजार र सान्त्वना लाई सात हजार साथमा प्रमाण पत्र मायाको चिनो रहेको छ भने तप बीस मा छनोट हुने सम्पुर्ण सर्जक हरुलाइ पनि प्रमाणपत्र प्रदान गरिएको छ।

एक बिटो सपना कविता मार्फत सम्पुर्ण कबि हरुलाइ पछि पार्दै अग्र स्थान लिन सफल कवि रबिन्द्र दिखुक्पा जापान लाई कर्म थलो बनाएर जापान भाषिएको पनि थुप्रै साल भयो । जापान को ब्यास्त दैनिकी लाई सामना गर्दै सिर्जना मा कलम निरन्तर चलाइ रहेका जागरी सर्जक नेपाली माटो र नेपाली बाटोलाइ शब्द मार्फत निरन्तर सम्झी रहने उनी 2015 मा नेपाल मुक्तक प्रतिस्ठान इजरायल शाखा द्वारा आयोजित अनलाइन मुक्तक प्रतियोगिता मा जापान बाट उत्कृष्ट स्थान हासिल गरिसकेका छन। उनका सिर्जना मा आमा र देश सर्लक्क उत्रीन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter