एअर एसियाले थप रकम तिर्‍यो, अझै २० करोड बक्यौता बाँकी

काठमाडौं : मलेसियाको निजी विमान कम्पनी एअर एसियाले विमानस्थल सेवा शुल्क बापत सोमबार एक करोड ३० लाख रुपैयाँ तिरेको छ। बक्यौता चुक्ता गर्ने अन्तिम दिन दुई करोड रुपैयाँ तिरेको एअर एसियाले सोमबार एक करोड ३० लाख रुपैयाँ नेपाल नागरिक उड्ययन विमानस्थल कार्यालयलाई बुझाएको हो।
सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता गरेको एअर एसियाले प्रतिबद्धता उल्लंघन गर्दै एक करोड ३० लाखमात्र दाखिला गरेको कार्यालयका निमित्त प्रमुख सुधीर चौधरीले जानकारी दिए। आइतबार र सोमबार गरी तीन करोड ३० लाख बुझाएको एअर एसियाले सेवा शुल्कबापत् अझै २० करोड ७० लाख तिर्न बाँकी छ।
फेब्रुअरी मसान्तभित्र बक्यौता तिर्ने सहमतिमा विमानस्थल कार्यालयले एअर एसियालाई उडान अनुमति दिएको छ।

यी समाचार पनि पढ्नुहोस्