उज्यालो नेपालका नायक कुलमान घिसिङलाई कोरियाका नेपाली समाजद्वारा भव्य सम्मान

Online radio गोर्खाली द .कोरिया
कोरिया इलेक्ट्रोनिक पावर कर्पोरियसनले आयोजना गरेको अन्तराष्ट्रिय विद्युतीय सम्मेलन(विक्सपो) २०१९ मा सहभागिता जनाउन आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उज्यालो नेपालका नायक कुलमान घिसिङको टोलीलाई कोरियामा रहेका नेपालीहरुले एक कार्यक्रमबीच भव्य रुपमा सम्मान गरेको छ।
नेपाली नियोग प्रमुख तथा कार्यवाहक राजदूत राम सिङ थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमका सभापति नेपाल सम्पर्क समितिका अध्यक्ष अन्जु केसी रहेको थियो। एनआरएनए, एनसीसी, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल तामाङ संघ, प्रदेश न ३ एकता समाज, पुर्वाञ्चल सरोकार समाज, नेपाल पत्रकाल महासघं, दोलखा समाज, रामेछाप सम्पर्क समिति, सुदुर पश्चिम समाज, वमन फर वमन, अनलाइन मिडिया लगायतका संस्थाहरुले संयुक्त सम्मान गरिएको थियो। यसै गरि तोङदेमुन व्यवसायी संघ साथै घिसिङका शभेच्छुकहरु सम्पुर्णले आ-आफ्नै तारिकाले सम्मान गरिएको थियो।
कार्यक्रममा सम्बोधनका क्रममा निर्देशक घिसिङले जोड्नु भयो ‘कुलमान घिसिङ नायकको रुपमा आएको हैन, विधुत प्राधिकरणले पुरा गर्नु पर्ने जिम्मेवारी पुरा गरेको मात्र हो र यो कार्य सफल पार्न हाम्रो टीमको हात रहेको छ।’ लोडसेडिंग अन्त गर्दै नेपाललाई आत्मनिर्भरता बनाउनु, प्रतेक वर्ष खेप्दै आएको घाटालाई हटाउनु साथै कुलमान घिसिङको नियुक्ति प्रक्रिया गलत भन्दै आफ्नै साथीहरुले उहाँ माथी हालेको मुद्दालाई गलत प्रमाणित गराउनु मुख्य चुनौती रहेको बताउनु भयो। तर अहिले नेपाल विद्यूत प्राधिकरणले गरेको प्रगतीको शब्दहरुले कार्यक्रमका सहभागि सबैको मुहारमा मुस्कान देखियो। साथै लगानी गर्न चाहानु हुने सम्पुर्णलाई ‘राइट प्रोजेक्ट राइट मैनेजमेंट’ छानेर लगानी गर्न समेत सुझाव दिए।
निर्देशक कुलमान घिसिङ आज नै नेपाल फर्किने योजना भएकोले अति छोटो समय मै कार्यक्रम गर्नु परेको आयोजकले बताए। अनुकूल समय नहुदा हुदै पनि कार्यक्रममा नेपाली समाजको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter