इपिएस खारेजीको माग गर्दै रास्ट्रपति भवन अगाडि नाराबाजी

सउल,कोरिया। दक्षिण कोरियामा प्रवासी श्रमिकहरुले युएनबाट घोषित १८ औ अन्तरास्ट्रिय  प्रवासी मजदुर दिवस मनाएका छन् । राजधानी सउल स्थित ख्वांगह्वामुनमा  राष्ट्रपति निवास अगाडी प्रवासी  मजदुहरुले  धर्ना दिदैं प्रवासी मजदुर दिवस मनाएका हुन् ।

कोरियामा रहेका प्रवासी  मजदुरहरुको मुख्य  समस्याको जडनै ईपीएस प्रणाली रहेकोले ईपिएस खारेजी गरि डव्लु पीएस लागु गर्न कोरियन सरकारलाई दवाफ दिने उदेश्यले मजदुर  राष्ट्रपति निवास अगाडी धर्ना दिदै मनाइएको  प्रवासी  मजदुर युनियनका  अध्यक्ष उदय राईले
बताए ।  १६ रास्ट्रका युनियनका अध्यक्ष राईले  कोरियामा क्रियाशील मजदुरहरुको समस्या वारे जानकार भए पनि सम्बधित राष्ट्रहरु समेत आफ्नो मजदुरहरुको हक हितमा भन्दा कोरियन राष्ट्रहितमा काम गर्न खोजेको आरोप लगाएका छन्।

हाल ईपीएस प्रणालीमा प्रवासी श्रमिकहरुले स्वइच्छाले कम्पनी परिबर्तन गर्न नपाउने  भएकाले बिगत लामो समय देखि यो आन्दोलन चल्दै आएको छ  । अहिले  कोरियामा तलब बढ्ने कम्पनीमा  काम घट्ने क्रम जारी रहेको छ।

त्यसैले प्रवासी  मजदुरहरुले खानेबस्ने खर्च सम्बन्धी  निर्देशिका खारेज गर्नु पर्ने ,कम्पनी ब्यबसायीले प्रबासी श्रमिकको तलब घटाउन गरिएको माग फिर्ता लिनुपर्ने , इपिएस अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने , ३ बर्ष पछि थप गरिने १ बर्ष १० महिनाको भिषा कम्पनी मालिकको अनुमति बिना थप गर्न पाउनु पर्ने , श्रमिकले आफ्नो परिवार कोरियामा झिकाउन पाउनु पर्ने , ५ बर्ष भन्दा बढी अवधि सम्म काम गर्न पाउनु पर्ने , कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने , कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने कृषि क्षेत्रको श्रमिकले पनि उत्पादन क्षेत्रमा परिवर्तन गरि जान पाउनु पर्ने , प्रवासी श्रमिक र उसको परिवारको अधिकार रक्षाको निमित्त संयुक्त राष्ट्र संघबाट जारी कन्भेन्सनलाई कोरियन संसदबाट अनुमोदन गर्नु पर्ने लगायतका माग गर्दै चर्को नाराबाजी  गरेका थिए ।

र्याली सउल ख्वांगह्वामुमा आइतबार  दिनको ३ बजे सुरु भएको थियो ।र्यालिको  रास्ट्रिय  तथा  अन्तरास्ट्रिय संचार  माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए। शेर साङबो शेर्पा dcnepal.comबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter