इतिहास कोर्ने अबसर छ के.पि.ओलि सङ

नारायण थापा कैलाली
हाल दक्षिण कोरिया

धेरैको चाहाना हुन्छ इतिहास कोर्ने तर मुस्किलले पुग्ने गर्दछन इतिहास रच्ने ठाउमा, एकीकरण पछिको नेपालमा धेरै पटक धेरैले सत्ता हातमा लिए शाह वंश , राणा शासन, प्रजातन्त्र, पन्चायत हुँदै बहुदल अनि गणतन्त्र यी सबमा धेरै ले अबसर प्राप्त गर्न सकेनन साह बंश मा केही उल्लेखनीय काम न भएका होईनन तर दरबार भित्रैका भाइ भारद्दाव्ज बाट हुने षडयन्त्रले बंशनै खत्तम हुने गरि ३६ साल घटना, कोतपर्ब, भण्डारखाल पर्ब, दरबार हत्याकाण्डले स्थिरता पाउन सकेन अधिकांस बनेका सरकार पनि अल्पमतको सरकार अन्य पार्टीको समर्थनमा सरकारमा गए तर मुस्किलले दुई या तीन बर्ष भन्दा टिकेको देखिदैन, र सबै भन्दा धेरै सरकार र प्रधानमन्त्री फेरिने देशको रुपमा नेपाल अग्रपंक्तिमा आउछ

अघिल्लो पटक पनि केपि ओलि तत्कालीन नेकापा माओवादी केन्द्रको समर्थनमा नौ महिने कार्यकाल सम्हालेको सरकारले लोकप्रियता राम्रो पाएको थियो, सुशील कोईराला सरकारमा रहदा उनको अगुवाईमा जारी भएको संविधान २०७४ जारी गरेको थियो जसमा मधेसको मुख्य शक्ति उक्त संविधानमा आफ्ना माग हरु सम्बोधन नभएको भन्दै बिरोधमा उत्रिएको थियो भारतले पनि उक्त संविधान तुरुन्तै सम्बोधन होस भन्दै नाका बन्दी लगायो र उक्त नाकाबन्दी लम्बिएर तीन महिना सम्म ठूलै सास्ती खेपिरहेका नेपालीले सुशील कोईरालाको असमायिक निधन पछि केपि ओलि माओबादी केन्द्रको समर्थनले सरकारमा गए र नाका बन्दिको खुलेरै बिरोध मात्र गरेनन कसैकासामु लम्पसार नपरिने र बरु देश लाई आत्मनिर्भर बनाउने उद्घोष गरे भारतीय उत्पीडिन बाट चरम सास्ती खेपेका नेपाली लाई आफुहरुले खोजेको नयाँ नेपालको नायक मिलेझै आभास भयो उनले धेरै महत्त्वकांक्षी योजना पनि ल्याय तर ९ महिना भन्दा टिक्न सकेन उनको सरकार

त्यसपछी शेर ब देउवा प्रधानमन्त्री बने उनी नि आलोपालो सहमतिमा सरकारमा गएका देउबाले बिरोधका बाबजुद पहिलो स्थानीय चुनाब गराउन सफल भए जुन माओवादी बिद्रोह र जनयुद्ध कारण बाट रोकिएको थियोे त्यस पछि उनले प्रधानन्यायाधीश सुशिला कार्किलाई माहाअभियोग, तथा प्रहरी आई.जि.पि. प्रकरणमा नराम्ररी मुछिएको देउबा सरकार दोस्रो संसदिय चुनाव गरानु अगाबै प्रचण्ड लाई मार्ग प्रसस्त गर्ने गरि राजीनामा दियो र पुस्प कमल दहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बने

उनले बिभिद आलोचनाका बाबजुद पर्तिनिथी सभा र प्रदेशको चुनाव गराउन सफल भए अनौठो कुरा त के भने सरकार नेपाली काङ्ग्रेसको समर्थनमा र चुनावी तालमेल चाहिँ एमाले सङ गरि बाम गठबन्धन तयार गरि चुनाबमा बुहुमत हासिल गर्न सफल भयो देउवाका क्रियाकलाप र नेपाली काङ्ग्रेसका धेरै जसो नेता कार्यकर्ता भ्रस्टाचार मुछिनु र उनी हरुको ठाट शैलिको रबैया बाट आजित अनि अस्थिर राजनीति अबस्थाले आत्तिएका जनाताले स्थिर सरकार र जन चाहाना अनुरुप बिकास हुने आसमा जनताले बाम गठबन्ध लाई बहुमत दिए

नेपालका ठुला भनिएका कम्निष्ठ पार्टी एकीकरण गर्ने लगाएतका धेरै प्रतिबद्धताका बाबजुद चुनाब जितेका के.पि. ओलि र प्रचण्डको पार्टी लाई मिलाउन ठुलै सकस पर्यो नहोस पनि किन कम्निष्ठ भए पनि दुई बिलकुलै फरक धार र व्यबहार बाट आएका राजनैतिक शक्ति पर-पर सम्म मिलनको आधार थिएन र मिल्नुको बिकल्प पनि थिएन प्रचण्ड अस्ताउदै गरेको पार्टी र केपि ओलिको मर्नु अघि देश बनाई छाड्ने हठ कारण मिल्नै पर्यो, प्रचण्ड कुटनितिमा जति सफल भए नि जनतामा त्यतिनै नराम्रो छाप छ उनको । उनलाई जनयुद्ध र तेसका उपलब्धी लाई बिचमै तुहाई ब्यक्तिगत स्वार्थका लागि सरकारमा गएको भन्ने आरोप उनकै पुरानो पङ्तिका नेताले लगाउदै आएका छन

अब के पि ओलि जब सरकारमा आए तब उनी र उनकै पार्टी द्वारा गरिएका असंख्य बाचा र आश्वासनले उनलाई चुनौतीपूर्ण परिस्थितिमा ल्याई दिएको छ जनतामा आर्थिक अबस्था सुधार न गरिकनै अधिक मात्रामा कर थोपर्नु र यसरी असुलेको करको अधिकांस जन प्रतिनिधिका सेवासुबिधाका लागि खर्च गर्नु, ह्वाइटबढी प्रकरणमा आफू सरकारमा हुँदा नि छानबिन नगर्नु, ३३ किलो सुन प्रकरणमा ठुला माछा उम्किनु, चिकित्सा विधेक बल पुर्बक पास गराउनु,भ्रष्टाचार सुन्यतामा झार्छु, भ्रष्टाचारीको मुखपनि हेर्दिन भन्नू तर भ्रष्टाचारिनै अक्तियार अधिकारिमा नियुक्ती दिनु निर्मला हत्या प्रकरण तेसै सेलाउनु, पानिजहाज तथा रेल ल्याउने झुठो सपना बाड्नु, होलिवाईन प्रकरणमा प्रधानमन्त्री र सरकार मुछिनु, निर्मला लाई न्याय खै भन्ने पोस्टरमा माथी बाट प्रधानमन्त्री सोरोजगार कार्यक्रमले छोप्नु, गुठी विधेक लाद्न खोज्नु, भ्रष्टाचार विरुद्धको आवाज लाई दबाउन खोज्नु, हर सानो सानो कुरामा प्रहरी लगाई लाठी चार्ज गरि बिरोधको आवाज दबाउन खोज्नु, जनजाति लगायतका आरक्षणकोटा खारेज गर्नु के पि ओलि र नेकपा को दुई तिहाईको सरकार आलोचित भैई रहेछ

उनको राम्रो पक्ष के छ भने उनी सरल र भाबुक स्वभाबका छन उनी सङ सपना छन योजना छन अनि बिकासका लागि चाहाना छन उनलाई सुस्म कुरा हरुमा पनि राम्रो ज्ञ्यान छ कवि, कलाकार, गित ,सङित, खेलाडी उखान टुक्का हरेकलाई राम्रो सङ महसुस गर्न सक्ने खुबी छ उनमा यसैको स्वरुप हो गूठी विधेक नत्र यस्ता साना साना कुराले न छुनु पर्ने हो प्रधानमन्त्री ओलिलाई उनी आफै सरिक भएर साना साना कुरामा सुधार राख्ने कुरामा बिश्वास राक्दछन र #प्रतिपक्ष लाई बोलिले ठहरै पार्न सक्ने खुबी भएका नेता मानिन्छन् के पि ओलि यस्को पछिल्लो उदाहरण हो #निम्सरो काण्ड

उनिमाथी जनताको ठूलो अपेक्षा छ भ्रष्टाचारको अन्त्य सु-शासन, पारदर्शिता, न्याय, स्वोरोजगार शृजना गरि खाडिमा श्रमिक पठाउन रोक मानिसका आधारभुत आबस्यकता गाँस,बाँस, कपास, स्वास्थ, सुरक्षाको प्रत्याभूती रोजगातिमा सुरुवात चाहन्छन जनता र बिकासको स्पष्ट खाका चाहान्छन जनता यदि यी सबै सम्भब भैदिएको भए पर्तिपक्ष नेपाली काङ्ग्रेसको अस्तित्व जोगाउन उस्ले आफुलाई सुधार्नको बिकल्प थिएन

न त यहाँ सु-सासन बिकास र सम्रद्दी आए न त ने.क.पा.को ले नेपाली काङ्ग्रेस भन्दा फरक प्रस्तुत गर्यो बरु त उस्ले नि भ्रस्टाचार गरेको हो मैले गर्दा के हुन्छ भन्न भन्ने हेतुले भ्रष्टाचारलाई मलजल गर्दै गए यस्तो हुदा नेपाली काङ्ग्रेसले आफुलाई सुधार नगरिकिनै ने.क.प. को यहि ताल हो भने राम्रो विकल्पको अभावमा नेपाली काङ्ग्रेसले अब आउदो चुनावमा बहुमत ल्याउने देखिन्छ जुन समग्र नेपालीको लागि राम्रो न हुने देखिन्छ

नेपाली काङ्ग्रेसका सभापति शेर ब देउवा चुनावी हारलाई लिएर न समिक्षा नै गर्न चाहान्थे युबा नेता हरुको अगुवाईमा बोलाईएको बैठकमा सभापति ज्यु चुनावमा हाम्रो यस्तो हार कसरी भयो जवाफ दिनुस भन्दा “तपाईं हरु चुनाव हार्ने अनि मैले जबाफ दिने” उनको गैर जिम्मेवार अभिव्यक्ति दिन पछाडी परेनन् । यहि तरिकाले केही पनि परिवर्तन भएन जनताले चाहेको आमूल परिबर्तन हुन सकेनन र पुनह: जनतामा नैरास्यता छाउदै छ

यदि के.पि. ओलिले भ्रष्टाचार, ढिलासुस्तीको अन्त गरि सुसासन र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सके सदैब नेपालीले सम्झने मात्र हैन नेपालको कम्निस्टको साखलाई उच्च बनाउन मद्दत पुग्ने थियो नेपाल कम्निस्ठको ईतिहास पुस्पलाल र मदन भन्डारी पछि के.पि. ओलि लाई नै सम्झने छन् धेरै केही गर्नु पर्दैन जन प्रतिनिधिका सेवासुबिधा कटैती गरि बिकास निर्माणमा लगानी गर्न सके इतिहासमा उनको नाम स्वर्णिम अक्षरले लेखिने छ जसरि चाईनामा सि जिन पिङ लाई मान्ने गरिन्छ भिएतनामका हो जि मुन लाई संसार भरिका कम्नुस्टले र दक्षिण कोरियामा मुन छे ईन लाई त्यहाका जनाताले मान्ने गर्दछन

पोष्ट – पोखरेली साजन,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter