आमाको मुख हेर्ने दिन आमा गुमाउँदा

म अनि मेरि आमा,
हाम्रो हरेक दिन र अनेकौं समय एकैनासले व्यतीत हुँदैथ्यो ।
मलाई थाहा थिएन बाबा पनि हुन्छ भनेर,
आफन्त भनेको के हो ?? यस्ता शब्दहरु मेरो लागि एकदमै बिराना थिए ।
बस मलाई यति मात्रै थाहाथ्योकी संसारमा आमा नै सबथोक हुदोरहछ ।

जुन दिन देखि यता मलाई याद भयो र थाहा छ त्यो दिन देखिको मेरो दैनिकी बिहान नै 8/9 बजे उठेर भित्तामा राखिएको खोलेफारो (खानेकुरा) खोजीखाएर स्कुल जाने र 3 बजे छुट्टि पाएपछि घर फर्किने हो ।
स्कुलबाट फर्केपछी आगनमा पानी र माटो मुछी डिजार्इन डिजाईनमा सपनाको महलहरु बनाउथे, कहिलेकाही महल बनाउदा बनाउदै थाकेर त्यही निदाएछु,आमा साँझपख कतिखेर अाउनुभो?? थाहै भएन मात्र बिहान व्युझदा सधैंको ओछ्यानमा हुन्थे ।
मेरा अधीक दैनिकी यसैगरी चलिरहेको हुँदोहो,
मलाई थाहाँ हुन्न,खानेकुरा कहाबाट जूर्छ?? आमाले के काम गर्नुहुन्छ???

एकदिनको कुरा हो। म कक्षा तीनमा पढ्दै थिए। सधैँ झैं खोप्पालाई रित्याएर स्कूल गए, स्कूल पुग्दा साथीहरू मीठो खानेकुरा लिएर आएका रहेछन् खाँदै थिए मलाई पनि अलिअलि दिइयो र मिठोगरी नीलिदिए।
थुप्रै साथीहरू गफ पनि निकै गरिरहे मैले त आमालाई यस्तो गिफ्ट दिए मलाई आमाले यस्तो दियो अनेकौं गफ गर्दै थिए साथीहरू…. म अनजान अलमलमा परे अनि अलि प्रष्ट जान्न रहर पनि आयो र छेउमा बस्ने रुपक साथीलाई सोधे । आज के होर ?? आमालाई मीठो खानेकुरा दिने दिन हो ??
साथी हाहाहा हासेर उडायो,त्यति मात्रै कहाँ होर सबैलाई उक्साएर यो खेउटेलाई आज के दिन भनेर थाहै रैनछ भनेर बिल्ला गर्नुगर्यो ।
सबै साथीहरु हाहाहाहा हासेर मजा लिए तर म रातोपिरो भए नत मेरो जवाफ पाउनु, कसैसँग नजर जुधाएर बस्न सकिन र म फुत्त बाहिर निस्के अफिसमा गएर सरलाई सोधिहाले,
सर आज के दिन हो ?
सर: आज आमाको मुख हेर्ने दिन हो । किन ?
बल्ल मेरो जिज्ञासा मेटियो, र अर्को प्रश्न पनि थपियो। अनि मैले भने त्यतिकै….
र म कक्षतर्फ फर्के दिन भरी कसै संग बोल्ने हिम्मत नै भएन। त्यो दिन सम्झेर आज खुब न्यास्रो लागेर आउछ ।

छुट्टी भएपछि म घर फर्किए । आमाले दिएको १० रुपया गोजीमा थ्यो त्यसैले पूजा पसलबाट मिठाई किनेर ल्याएँ आमा आउँछ र दिउला भनी तर निकै साँझ परिसक्यो आमा आउनुभएन। र म सधैझै सिकुवामा त्यसै धलेछु र मस्त निदाएछु ।
बिहान विउँझदा पनि त्यही थिए अर्थात त्यो साझा मेरी आमा आउनुभएन रहेछ ।
बिहान थरथर काम्दै थिए जाडोले होला एक त भोकले पनि होला ?? कापिरहेको ज्यानले आमाको बाटो एकोहोरो हेरिनै रहे ।
अँह आमा आएन,,,,

केही छिनमा घर माथिबाट हल्लाखल्ला आयो र मान्छेहरू पनि आए र दुई तीन जनाले बासको नोलमा केही बोकेर ल्याएँ ।
मैले हेरिरहे ती मान्छेहरू हाम्रो आगनमा आएर त्यो बोकेर ल्याएको भारी बिसाए । मान्छेको चाप देखेर म आतालिए ।
अहिले सम्झँदा त्यो नै मेरि आमाको लास रहेछ मान्छेहरू रुने रोए कराउने कराए । म भने हिजो किनेको मिठाई हातमा बोकेर चुपचाप बसिरहे । खै के-के गरे मान्छेहरू आआफ्नो घर तिर फर्के मलाई भने एक जना बुढी मान्छेले लिएर गयो।

मेरो घर फेरियो म त्यही बस्नाथाले तर आमा कहिलै देख्न पाईन, आमाको माया हरायो । स्कूल पनि गए तर घर फर्किन मन लाग्दैनथ्यो । एक दिन स्कुलबाट पटक्कै घर फर्कन मन लागेन । उति बेला म कक्षा पाँचमा पढदै थिए । एउटा चिया पसलमा गएर मेरो कुरा सुनाए। त्यसपछि त्यहाँ काम दिने भयो र मैले पनि गर्ने भए केही समय गरेपछि त्यहाँ पनि मन लागेन र छोडे त्यसपछि त्यही चियापसलमा आउने एक जना दाई संग कुरा गरेर ट्याक्टरको खलासी काम सुरु गरे…… घाम पानी नभनी बोराका बोरा समान लोड अनलोड गर्नुपर्ने एकदमै गाह्रो लागेर त्यो पनि छोडिदिए।
अब के गर्ने?? बल्ल एउटा माईक्रो बसमा खलासी काम पाए र दश वर्ष सम्म एउटै गाडीमा खलासी काम गरेर अहिले धरान काठमान्डौ चल्ने हाईस् चलाउँछु (ड्राइभर काम गर्छु)।

अहिले आएर थाहा भयो मेरी आमा दमिनी रहेछ र बाबा लामा रहेछ । उनीहरूको लभ मेरिज रहेछ र बाबाले दमिनी ल्याएको भनेर हजुरबाले घरबाट निकालिदिएका रहेछन। र बाबा विदेश गएको छ वर्ष बितिसक्दा पनि कुनै सम्पर्कमा नरहेको रहेछ । मेरी आमाले घर बनाउनेमा धलाईको काम गरेर हाम्रो खर्च जुटाउनु हुन्थेछ। त्यसै क्रममा त्यो दिन कामबाट फर्कदै गर्दा बाटोमा कोही पापी नरचिचास, राक्षेस, पाखन्डी हरुले बलात्कार गरी मारेका रहेछन् ।😭😭
र आमाको दाहासस्कारको दिन मलाई लाने मेरो आफ्नै हजुर आमा रहेछ।

आज माता तिर्थऔंसी आमाको मुख हेर्ने दिन मेरी आमालाई अनि सबै आमाहरुलाई सम्झन्छु ।💌💌

कथा काल्पनिक हो
कसैको जीवन संग मेल खान गएमा सञ्जोक मात्र हुनेछ ।

उदीप गाउँले संखुासभामा
हाल: द. कोरिया थेगु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter